logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • कास्य पदक जितेकी पलेशालाई बीवाइडीले दियो डल्फिन गाडी

    कास्य पदक जितेकी पलेशालाई बीवाइडीले दियो डल्फिन गाडी

    2.7K
    Shares
    कास्य पदक जितेकी पलेशालाई बीवाइडीले दियो डल्फिन गाडी

    काठमाडौं । पारा ओलम्पिकमा कास्य पदक जितेकी पलेशा गोवर्धनलाई बीवाइडीको नेपालको आधिकारिक बिक्रेता साइमेक्स इंकले डल्फिन गाडी दिएको छ । कम्पनीले विहीबार एक कार्यक्रमकाबीच ४१ लाख मूल्य बराबरको डल्फिन गाडी दिएको हो ।

    कम्पनीले विद्युतीय सवारी साधनमा एग्रेसिभ बजार विस्तार गरिरहेको छ ।

    गोवर्धन पारा ओलम्पिकमा कास्य पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् । साइमेक्स इंककी प्रवन्ध निर्देशक यमुना श्रेष्ठले गाडी हस्तान्तरण गरेकी थिईन् । उनले नेपाललाई विश्वमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको पलेशालाई सम्मान गर्न पाउँदा गर्व महशुस भएको बताइन् ।

    त्यस्तै, उक्त सम्मान कार्यक्रमा बोल्दै कम्पनीका अध्यक्ष अनिल श्रेष्ठले नाफा मात्रै नभएर सामाजिक दायित्व वहनलाई पनि आफ्नो कम्पनीले उच्च प्राथमिकता राखेको बताए । साइमेक्स इंकले दुई साताअघि एक करोड रुपैयाँ राखेर साइमेक्स बीवाइडी च्यारिटी फाउण्डेसन सुरु गरिसकेको छ ।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले खेलमार्फत विश्वमा नेपालको गरिमा उच्च बनाउन भूमिका खेल्ने पलेशालाई सम्मान गर्न पाउँदा खुशी लागेको बताए । गोवर्धनले आफ्नो सफलताले खेलाडीहरूलाई प्रेरित गर्ने बताउँदै सम्मानका लागि कम्पनीलाई धन्यवाद दिईन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend