logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व

    वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व

    126
    Shares
    वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व

    पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको भदौसम्म २५ अर्ब ४० करोड ३१ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

    भन्सार विभागले भदौसम्म ३५ अर्ब ५७ करोड २७ लाख ५६ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य निर्धारण गरेकामा ७१ प्रतिशत लक्ष्य हासिल भएको कार्यालयले जनाएको छ ।

    भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले गत वर्षको सोही अवधिको तुलनामा चालु आवमा झण्डै एक अर्ब रुपैयाँले राजस्व बढेको जानकारी दिए । गत आवको भदौसम्म ३५ अर्ब ४४ लाख ४२ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिइएकामा ७० प्रतिशत अर्थात् २४ अर्ब ५७ कारोड ९२ लाख ५७ हजार राजस्व संकलन भएको थियो ।

    प्रशासक लामिछानेका अनुसार सो अवधिमा कार्यालयबाट सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात भएको जानकारी दिए । “विगतका वर्षमा वीरगञ्ज भन्सार कार्यालय हुँदै पेट्रोलियम पदार्थका सवारीसाधन धेरै आयात हुने गरेकामा यसपटक विद्युतीय सवारीको सङ्ख्या बढेको छ”, उनले भने ।

    भन्सार विभागले गत साउनमा १६ अर्ब ८६ करोड ८७ लाख रुपैयाँ संकलनको लक्ष्य लिए पनि १२ अर्ब १६ करोड ३२ लाख ५८ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । कार्यालयका अनुसार गत आवको साउनमा १८ अर्ब ७० करोड ४० लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य लिइएकोमा १३ अर्ब २३ करोड ९८ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend