logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • नेपालका लागि दिगो विकासको बाटो अत्यावश्यक र अपरिहार्य : उपप्रधानमन्त्री पौडेल

    नेपालका लागि दिगो विकासको बाटो अत्यावश्यक र अपरिहार्य : उपप्रधानमन्त्री पौडेल

    224
    Shares
    नेपालका लागि दिगो विकासको बाटो अत्यावश्यक र अपरिहार्य : उपप्रधानमन्त्री पौडेल

    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालका लागि दिगो विकासको बाटो अत्यावश्यक र अपरिहार्य भइसकेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले नेपालले नीति, कार्यक्रम र पहलहरुमार्फत वातावरणीय र जलवायु चुनौतिहरुको सामना गर्न महत्वपूर्ण कदमहरु उठाएको जिकिर गरे । उनले सरकारले उठाएका कदमलाई अझ प्रभावकारी बनाएर अघि बढाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे । उनले जलवायु परिवर्तन नीतिले विकास योजना निर्माणमा जलवायु अनुकुलतालाई समावेश गर्ने रणनीतिक ढाँचा प्रदान गरेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय साझेदारसँग मिलेर हरित जलवायु कोष जस्ता संयन्त्रहरुमार्फत जलवायु वित्तमा पहुँच बिस्तार गरिरहेको बताए ।

    उनले वित्तीय संस्थाहरुमा नविकरणीय उर्जा, वातावरणमैत्री पूर्वाधार र जलवायुअनुकुल कृषि क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्न जरुरी रहेको बताए । अर्थमन्त्री पौडेलले नेपालसँग हरित अर्थतन्त्रको मेरुदण्ड बन्नसक्ने विशाल प्राकृतिक श्रोतहरु रहेको भन्दै जलविद्युतको सम्भावना अझै धेरै हदसम्म उपयोग हुन बाँकी रहेको बताए । उनले नविकरणीय उर्जामा गरिने लगानीले घरेलु उर्जाको आवश्यकता पूरा गर्न मात्र नभइ छिमेकी मुलुकलाई स्वच्छ उर्जा निर्यात गरेर क्षेत्रीय स्थायित्व र आर्थिक वृद्धिमा योगदान गर्नसक्ने बताए ।

    उनले भने, ‘नेपालका लागि दिगो विकासको बाटो अत्यावश्यक र अपरिहार्य भइसकेको छ भन्ने सच्चाईलाई ग्हिरोसँग महशुस गर्नुपर्छ । म हाम्राअघि रहेका चुनौतिहरुप्रति पनि पूर्ण रुपमा सचेत छु । समाधान सम्भव छ भन्नेमा पनि आशावादी छु । नेपालले नीति, कार्यक्रम र पहलहरुमार्फत वातावरणीय र जलवायु चुनौतिहरुको सामना गर्न महत्वपूर्ण कदमहरु उठाएको छ । तिनलाई अझ प्रभावकारी बनाएर अघि बढाउनुपर्ने आवश्यकता छ । हाम्रो जलवायु परिवर्तन नीतिले विकास योजना निर्माणमा जलवायु अनुकुलतालाई समावेश गर्ने रणनीतिक ढाँचा प्रदान गरेको छ ।

    हामीले अन्तर्राष्ट्रिय साझेदारसँग मिलेर हरित जलवायु कोष जस्ता संयन्त्रहरुमार्फत जलवायु वित्तमा पहुँच बिस्तार गर्दैछौँ । यी श्रोतहरु जलवायु अनुकुल र न्युनिकरण, विद्युतीय उर्जा, कृषि र विपद् न्युनिकरणका लागि महतत्वपूर्ण हुनेछन् । वित्तीय संस्थाहरुमा नविकरणीय उर्जा, वातावरणमैत्री पूर्वाधार र जलवायुअनुकुल कृषि क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्न जरुरी छ । नेपालसँग हरित अर्थतन्त्रको मेरुदण्ड बन्नसक्ने विशाल प्राकृतिक श्रोतहरु छन् ।

    हाम्रो जलविद्युतको सम्भावना अझै धेरै हदसम्म उपयोग हुन बाँकी छ । नविकरणीय उर्जामा लगानी गरेर हामीले आफ्नो घरेलु उर्जाको आवश्यकता पूरा गर्न मात्र नभइ छिमेकी मुलुकलाई स्वच्छ उर्जा निर्यात गरेर क्षेत्रीय स्थायित्व र आर्थिक वृद्धिमा योगदान गर्नसक्छौँ ।’

    उपप्रधानमन्त्री पौडेलले आर्थिक प्रगति र पर्यावरणीय संरक्षणलाई सन्तुलित रुपमा अघि बढाउन आवश्यक रहेको बताए । नेपाल आफ्नै गतिमा आर्थिक विकासको मार्गमा अघि बढिरहेको बताए । विकास मोडलले वातावरणीय अनुकुलता, दिगो पन र समानतालाई प्राथमिकता दिनुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend