logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • शेरबहादुरजी सदावहार सभापति हुनुहुन्न, कांग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छ : डा कोईराला

    शेरबहादुरजी सदावहार सभापति हुनुहुन्न, कांग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छ : डा कोईराला

    749
    Shares
    शेरबहादुरजी सदावहार सभापति हुनुहुन्न, कांग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छ : डा कोईराला

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोईरालाले पार्टी नेतृत्वका लागि युवाहरुलाई अघि बढाउनुपर्नेमा जोड दिएका छन् । नेता कोईरालाले कांग्रेसका युवाहरु अघि बढेकाले उनीहरुलाई नेतृत्वमा ल्याउनका लागि पार्टीले प्रोत्साहित गर्नुपर्ने बताए ।

    शनिबार धुलिखेलमा विपी कोईरालाको शालिक अनावरण कार्यक्रममा बोल्दै नेता कोईरालाले युवाहरुको मागलाई पार्टीले सम्बोधन नगरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।

    शेरबहादुर देउवा सदावहार पार्टी सभापति नहुने भएकाले पनि त्यसमा युवाहरुलाई ल्याउनुपर्ने उनको भनाई थियो । विपी कोईरालाले पदबाट राजीनामा दिएर कृष्णप्रसाद भट्टराई पार्टी सभापतिको पदको जिम्मेवारी दिएको उल्लेख गर्दै त्यसबाट सिकेर अहिलेको नेतृत्वले पनि नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्दै अघि बढ्नुपर्ने बताए । उनले कांग्रेसले आफ्नै खुट्टामा उभिएर अघि बढ्नुपर्ने पनि बताए ।

    नेता कोइरालाले भने, ‘६० प्रतिशत मानिसहरु ४० वर्षमुनिका छन । तर नेताहरुले कहिल्यै पनि तिनीहरुलाई सम्बोधन गरेनन । सबै बुढाहरुका लागि मात्रै सम्बोधन गरेँ । हामीले कहिल्यै पनि युवाहरुलाई सम्बोधन गर्न सकेनौं । जहिले पनि मन्त्रीहरु बुढैहरु बन्छन् । युवाहरुले कहिल्यै चान्स नै पाउँदैनन् । मन्त्री मात्रै होइन, कुनै पनि ठाउँमा युवाहरुलाई प्रोत्साहन किन गर्दैनौं हामी ? भोलीको राजनीति त उनीहरुको हातमा दिनुपर्ने हो ।

    शेरबहादुरजी सदावहार यहाँ पार्टी सभापति हुनुहुन्न । अब युवाहरु आउँछन, उनीहरुलाई ठाउँ दिनुपर्यो । उनीहरुलाई अगाडि बढाउनु पर्यो । हामी त छौ तर कति दिन छौँं ? आज छौ, भोली हुँदैनौं । त्यसैले अलिपर हामीले सोच्नुपर्यो । आफ्नो सन्ततिलाई दिनु पर्यो । विपी कोइरालाले हेर्नुस–उहाँले के सबै आफ्नो लागि मात्रै गर्नुभयो ? उहाँले सभापति हुँदाहुँदै राजीनामा दिएर किसुनजीलाई सभापति बनाउनु भयो । किनभने उहाँको स्वास्थ्य ठिक थिएन । विपीको कुरा छोडौं उहाँका एक एक किस्सा छन, तपाईहरुलाई भन्ने मेरो समय छैन ।

    तर हामीले विपी कोइरालालाई पुजेर मात्रै हुँदैन । उहाँको आर्दश बुझौं । उहाँको पदचिन्हमा हिँडौं । नेपाली कांग्रेस यत्रो बलियो शक्ति छ । मलाई छक्क लाग्छ–हाम्रो बहुमत हुँदैन । यत्रो शक्तिशाली पार्टी, यत्रो राम्रो उद्देश्य, यत्रो संघर्षपूर्ण जीवन ७० वर्ष संघर्ष गरेर बल्ल त हामीले संविधान दियौं । सुशील कोईरालाले संविधान बनाउनु भयो । तर यो निरन्तर लागि राखेका छौं । तैपनि हामीले जहिले पनि अल्पमतमा हुने । अथवा गठबन्धनको सरकार हुने । हामीले आफ्नो खुट्टामा उभिएर अरुलाई ठेगान लगाउनु पर्छ । त्यो दृष्टि राख्नुपर्यो ।

    नेता कोईरालाले कांग्रेसले बलियो भएर पनि बुहमत ल्याउन नसकेको अवस्थाको अन्त्य हुनेगरी काम गर्नुपर्ने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend