प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच फोनवार्ता भएको छ।भारतको ७४औँ स्वतन्त्रता दिवसको दिन आज प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीसँग ११ मिनेट लामो फोनवार्ता भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेश सल्लाहकार सुर्य थापाले सुनौलो नेपाललाई जानकारी दिए । फोन बार्तामा भएको बिषयबस्तुबारे प्रस्ट्याउन परराष्ट्रमन्त्रालयले केहि बेरमा बिज्ञप्ति मार्फत जानकारी गराउने तयारी गरेको छ ।
सीमाको विषयमा विवाद उत्पन्न भएपछि लामो समय प्रधानमन्त्री तहमा कुराकानी हुन सकेको थिएन। शनिबार प्रधानमन्त्री ओली र मोदीबीच भएको बार्तालाई बिशेष महत्वका साथ हेरिएको छ ।
यसअघि आजै प्रधानमन्त्री ओलीले मित्रराष्ट्र भारतको ७४औँ स्वतन्त्रता दिवसका अवसरमा सामाजिक सञ्जाल ट्विटरमार्फत समकक्षी मोदी, भारत सरकार र त्यहाँका जनतामा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका थिए।