logo

२०८१ पुष १४ आइतबार

logo
  • आइतबार, १४ पुष २०८१
  • निजीतर्फ चितवनमा पहिलोपटक पुष्पाञ्जली अस्पतालले शुरु गर्यो कोरोना संक्रमतिको उपचार

    निजीतर्फ चितवनमा पहिलोपटक पुष्पाञ्जली अस्पतालले शुरु गर्यो कोरोना संक्रमतिको उपचार

    3.3K
    Shares
    ३१ साउन, भरतपुर ।  चितवनमा पहिलोपटक नीजि अस्पतालमा कोरोना सक्रमितको उपचार शुरु भएको छ। 
     
    यसअघि सरकारी अस्पताल भरतपुरमा कोरोना संक्रमित हुदै आएपनि आजबाट चितवनमा पुस्पाञ्जली हस्पिटलले कोरोाना संक्रमतिको उपचार शुरु गरेको हो  ।
     
    अस्पतालले एक विज्ञप्ति जारी गरी एकजना कोरोना संक्रमितको उपचार पुष्पाञ्जली अस्पतालमा भईरहेको जानकारी दिएको हो । जारी विज्ञप्ति अनुसार साउन २७ गते सोही अस्पतालमा भर्ना भएका पुरुषमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएपछि उनलाई सोही अस्पतालमा राखेर उपचार थालिएको  छ ।
     
    यसअघि निजी अस्पतालमा फेला परेका संक्रमितलाई भरतपुर अस्पताल पठाउने गरिएको थियो । विज्ञप्तिमा कोरोना संक्रमित रत्ननगर नगरपालिका–९ टिकौलीका ६१ वर्षीय पुरुषको सघन कक्ष (आइसीयू)मा राखेर उपचार भइरहेको जनाएको छ ।
     
    साउन ३० गते स्वास्थ्य मन्त्रालयबाट प्रकाशित सूचना र निर्देशन अनुसार नै कोरोना संक्रमितको उपचार गर्न लागिएको अस्पतालले बताएको छ । कोरोना संक्रमित भएका व्यक्तिलाई हव अस्पतालसंग समन्वय गरेर उपचार गर्ने भनिएकाले यहाँको हव अस्पतालको रुपमा रहेको भरतपुर अस्पतालसंग समन्वय गरेर उपचार थालिएको अस्पताल प्रशासनको भनाई छ ।
     
    हाल संक्रमित ती बिरामीको स्वास्थ्य अवस्था गम्भिरभएपनि स्थिर रहेको छ । पुरुषमा श्वासप्रश्वासमा समस्या देखिनुको साथै दुवै फोक्सोमा निमोनिया देखिएकोले उच्च सावधानीका साथ उपचार हुदै आएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend