logo

२०८१ असोज ७ सोमबार

logo
  • सोमबार, ७ असोज २०८१
  • आइसिसि लिग २ः आज नेपाल र क्यानडाबीच प्रतिष्पर्धा हुँदै

    आइसिसि लिग २ः आज नेपाल र क्यानडाबीच प्रतिष्पर्धा हुँदै

    1.6K
    Shares
    आइसिसि लिग २ः आज नेपाल र क्यानडाबीच प्रतिष्पर्धा हुँदै

    काठमाडौँ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको तेस्रो खेलमा आज नेपालले घरेलु टोली क्यानडासँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल नेपाली समयअनुसार राती ८ः४५ बजे क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा हुनेछ ।

    लगातारको दोस्रो हार भोगेको नेपाल दबाबमा रहेको छ । पहिलो खेलमा क्यानडासँग १ सय ३ रनको फराकिलो अन्तरले पराजित नेपालले दोस्रो खेलमा ओमानसँग एक विकेटले हारेको थियो । जारी सिरिजमा नेपाल लयमा देखिएको छैन ।

    क्यानडासँगको पहिलो खेलमा नेपालले अत्यन्त कमजोर ब्याटिङ प्रदर्शन गरेको थियो । ओमान विरूद्धको खेलमा प्रशिक्षक मोन्टी देसाईले टिममा तीन परिवर्तन गरे । तर पनि नेपालले सो खेलमा पनि जित दर्ज गर्न सकेन ।

    पहिलो खेलमा लिग टुमा क्यानडासँग भोगेको लज्जास्पद हारको बदला लिनुपर्ने दबाबसँगै चुनौती नेपाललाई रहेको छ । किनकी ६ खेलमा नेपालले मात्र एक खेल जितेर २ अंक मात्र बनाएको छ ।

    नेपालले आज सुधारिएको प्रदर्शन गर्नु जरूरी छ । ब्याटिङ र बलिङ दुवैमा नेपालले मिहिनेत गर्नुपर्ने देखिएको छ । क्यानडा १० खेलमा १२ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend