logo

२०८१ असोज १६ बुधबार

logo
  • बुधबार, १६ असोज २०८१
  • बिजुली निर्यात गर्न नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षिय सम्झौता हुँदै

    बिजुली निर्यात गर्न नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षिय सम्झौता हुँदै

    742
    Shares
    बिजुली निर्यात गर्न नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षिय सम्झौता हुँदै

    काठमाडौं । भारतीय प्रसारण लाइनमार्फत विद्युत निर्यात–आयात गर्न छिट्टै त्रिपक्षीय सम्झौता हुने भएको छ । नेपाल र भारतसँग छिट्टै त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरेको बंगलादेशका ऊर्जा तथा खनिज स्रोत सल्लाहकार मोहम्मद फौजुल कबिर खानले जानकारी दिएका छन् ।

    ढाकाको एक होटलमा नेपालको संविधान दिवसका अवसरमा आयोजित स्वागत कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै उनले विद्युत आयात–निर्यात सम्झौतामा हस्ताक्षर गर्न अन्तरिम सरकारको प्रतिनिधिमण्डल छिट्टै नेपाल आउने बताए ।

    बंगलादेश, नेपाल र भारतबीच ऊर्जा सहयोगसम्बन्धी समझदारी (एमओयू) भएको छ वर्षपछि नेपालबाट भारत हुँदै ४० मेगावाट बिजुली आयात गर्ने सम्झौतामा हस्ताक्षर हुन लागेको हो ।

    ढाकास्थित नेपाली दूतावासले आयोजना गरेको स्वागत समारोहमा सल्लाहकार कबिर खानले नेपाल र बंगलादेशबीचको सम्बन्धप्रति सन्तुष्टि व्यक्त गरेका थिए ।

    नेपाल र नेपाली जनताबीचको मित्रता र सहयोगको प्रशंसा गर्दै उनले व्यापार, ऊर्जा कनेक्टिभिटी, जनस्तरको सम्पर्क लगायतका क्षेत्रमा द्विपक्षीय सहयोगलाई तीव्रता दिनुपर्नेमा जोड दिएका थिए । बंगलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले २०१५ मा लोकतान्त्रिक र समावेशी संविधानको ऐतिहासिक घोषणा भएको उल्लेख गरेका थिए ।

    उनले बंगलादेश संक्रमणकालबाट गुज्रिरहेको अवस्थामा नेपाल अन्तरिम सरकार र जनताको साथमा एकजुट भएर सबै प्रकारका साथ र सहयोग उपलब्ध गराउन प्रतिबद्ध रहेको बताएका थिए ।

    राजदूतले भारतीय प्रसारण लाइनबाट नेपालबाट बंगलादेशमा ४० मेगावाट बिजुली निकासी गर्ने त्रिपक्षीय सम्झौता छिट्टै टुङ्गिने पनि बताए । नेपाल र बंगलादेशबीचको सम्बन्धमा प्रकाश पार्दै उनले दुई देशका जनताको पारस्परिक हितका लागि कनेक्टिभिटीलाई प्रवद्र्धन गर्न र आर्थिक विकास र समृद्धिलाई अघि बढाउन एकता र सहयोगको परिवर्तनकारी शक्तिको सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

    आन्दोलनका क्रममा नेपाल र भारतसँग भएको एमओयू हराएपछि बंगलादेशले नेपालबाट लगेको छ । यसबीचमा बंगलादेशको सरकारले एमओयूमा भएको सम्झौता पुनरावलोक गर्न भारतसँग आग्रह गरेको थियो । बंगलादेशले चाहेको नेपालको आयोजनाबाट बिजुली आयात गर्न पाउनु पर्ने माग गरेको थिए ।

    तर, बंगलादेशको प्रस्ताव भारतले अस्वीकार गरेपछि एमओयूमा परिमार्जन नहुने भएको छ । बंगलादेशमा भएको राजनीतिक परिवर्तनका कारण पछाडि सरेको नेपाल र बंगलादेशबीचको विद्युत व्यापार सम्झौताका विषयमा पछिल्ला दिनमा सघन छलफल सुरु भएको छ ।

    यसैगरी गत भदौ ३० गते ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्धीन नोमन चौधरीले गरेको शिष्टाचार भेटमा बिजुली व्यापारका विषयमा महत्वपूर्ण छलफल भएको थियो । पछिल्लो समय बंगलादेशमा भएको राजनीतिक परिवर्तनका कारण नेपाल, भारत, बंगलादेशका ऊर्जामन्त्रीको उपस्थितिमा सम्झौताको तयारी गरिएको भए पनि अन्तिम समयमा आएर स्थगित भएको थियो । बंगलादेशको अन्तरिम सरकारले बिजुली लैजाने विषयमा सघन छलफल गरिरहेको र आवश्यक पहल गरिरहेकोमा अब छिट्टै सम्झौता हुने वातावरण निर्माण भएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

    प्राधिकरणले भारतीय कम्पनी एनभिभिएनलाई बिजुली उपलब्ध गराउनेछ । सोही कम्पनीले नेपाली बिजुली बंगलादेश पुर्याउनेछ ।

    प्राधिकरणले चिलिमे र त्रिशूली जलविद्युत केन्द्रबाट उत्पादित बिजुली बंगलादेश निर्यात गर्ने बताउँदै आएको छ । बंगलादेश सरकारले आगामी सन् २०४० सम्म नेपालबाट नौ हजार मेगावाट बिजुली लैजाने यसअघि नै घोषणा गरिसकेको छ ।

    नेपाल र बंगलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी द्विपक्षीय समझदारीमा २०७५ सालमा नै हस्ताक्षर भइसकेको छ । प्राधिकरणको प्रक्षेपणअनुसार वर्षायाममा बिजुली बिक्री गरेर १ अर्ब २३ करोड रुपैयाँ आम्दानी हुने अनुमान छ । प्राधिकरणले वर्षायामको छ महिना पाँच वर्षसम्म ४० मेगावाट बिजुली बंगलादेशलाई बिक्री गरिने जनाएको छ ।

    बिजुलीको भाउ प्रति युनिट ८ दशमलव १७ टाका (९.३० रुपैयाँ) मा प्राधिकरणले बिजुली बिक्री गर्नेछ । सुनकोशी तेस्रो जलविद्युत आयोजना निर्माण र विकासका लागि प्राधिकरण र बंगलादेशको पावर डेभलपमेन्ट बोर्डबीच संयुक्त उपक्रम निर्माण गर्ने समझदारी २०८० जेठ २ गते सम्पन्न ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको पाँचौँ बैठकले गरिसकेको छ ।

    यो पनि : 

    विद्युत् व्यापारका लागि बंगलादेशसँग सघन छलफल, कहिले होला निर्यात ?

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend