बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

सुनको मूल्य हालसम्मकै उच्च, एक तोला किन्न १ लाख ५८ हजार ८ सय चाहिने

सुनको मूल्य हालसम्मकै उच्च, एक तोला किन्न १ लाख ५८ हजार ८ सय चाहिने

काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनको मूल्य बढ्दै रेकर्ड कायम गरेको छ । सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन एक हजार ७०० रुपैयाँले बढेर एक लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हासम्मकै उच्च मूल्य हो ।

गत शुक्रबार सुन प्रतितोला एक लाख ५७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि भदौ ३१ गतेको नयाँ रेकर्डलाई ब्रेक गर्दै नयाँ रेकर्ड बनाएको हो । भदौँ ३१ गते एक लाख ५७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर कटौति गरेसँगै त्यसको असर सुनमा परेको हो । अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर घटाएपछि यसको प्रभाव सुनमा पर्दा मूल्य बढेको महासंघले बताएको छ ।

फेडरल रिजर्भले ब्याजदर ०.५० प्रतिशत विन्दु घटाएको हो । फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । फेडरल रिजर्भले ब्याजदर घटाएपछि लगानीकर्ताहरुले सुनमा लगानी बढाउँदा सुनको मूल्य बढेको छ ।

यसअघि फेडर रिजर्भले सन्दर्भ ब्याजदर ५.२५ देखि ५.५० प्रतिशतसम्म कायम गरेको थियो ।

आज चाँदी प्रतितोला एक हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार एक हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend