logo

२०८१ असोज ७ सोमबार

logo
  • सोमबार, ७ असोज २०८१
  • इभी उत्पादनमा मारुती सुजुकी, आउँदो जनवरीमा ई–भिएक्स एसयुभी लञ्च गर्दै

    इभी उत्पादनमा मारुती सुजुकी, आउँदो जनवरीमा ई–भिएक्स एसयुभी लञ्च गर्दै

    469
    Shares
    इभी उत्पादनमा मारुती सुजुकी, आउँदो जनवरीमा ई–भिएक्स एसयुभी लञ्च गर्दै

    एजेन्सी । भारतका अटो कम्पनीहरुले धमाधम इलेक्ट्रिक भेहिकल (इभी) उत्पादन गर्न थालेका छन् । टाटा र महिन्द्रालगायतका अटो कम्पनीहरुले धमाधम इभी गाडी उत्पादन गरिरहेको छन् ।

    यही बेला मारुती सुजुकीले पनि आफ्नो उत्पादन विविधिकरण गरी इभी गाडी बनाउन सुरु गरेको छ । आइसिइ गाडीमा केन्द्रीत मारुती सुजुकी अब इभीमा आफ्नो ध्यान केन्द्रीत गर्न लागेको हो ।

    मारुती सुजुकीले आगामी सन् २०२५ को जनवरी (पुस–माघ) मा ई–भिएक्स मिडसाइज एसयुभी गाडी ल्याउने तयारी गरेको हो । मारुतीले इभी गाडीका साथै भारतभरी २५ हजार चार्जिङ स्टेशन पूर्वाधार बनाउने घोषणा गरेको छ । कम्पनीले यसअघि नै सन् २०३० सम्मको समयसीमा तोकेर ८ वटा नयाँ ईभी ल्याउने घोषणा गरेको थियो ।

    नयाँ इभीको मूल्य २० लाखदेखि २५ लाख भारु पर्ने अनुमान गरिएको छ । यद्यपि मूल्य गाडीको भेरियन्टअनुसार फरक पर्ने छ । विद्युतीय एसयूभीले एक पटक फुल चार्जमा ५५० किलोमिटरको रेन्ज पाउने कम्पनीको दाबी छ ।

    मारुती सुजुकीले अटो एक्सपो २०२३ मा इभिएक्स एसयुभी प्रदर्शन गरेको थियो । यो मोडल २०२५ मा उत्पादन भई अवतारमा डेब्यू हुने अपेक्षा गरिएको छ । मारुती सुजुकीले भारतको २३ सय सहरमा ५ हजार १ सय सर्भिस सेन्टर राख्ने भएको छ ।

    ई–भिएक्स ब्रान्डको नेक्स आउटलेटहरू मार्फत बेचिने भएको छ । सिग्मा, डेल्टा, जेटा र अल्फा भेरियन्टहरूमा प्रस्तावित हुने सम्भावना छ । नयाँ मारुती ई–भिएक्समा डिजाइन तत्वहरूमा डुअल पोड प्रोजेक्टर हेडल्याम्प, नयाँ ग्रिल, सिल्भर कलरको मल्टिस्पोक एलोय ह्वीलहरू, एलइडी टेललाइट जस्ता विशेष्ता रहेको छ ।

    मारुतीको पहिलो इलेक्ट्रिक कारले ठूलो टचस्क्रिन युनिट, पूर्ण रूपमा डिजिटल मल्टिफंक्सन स्टेयरिङ ह्वील रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend