बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

दुर्गा प्रसाईलाई पक्राउ गर्न घरमा पुग्यो प्रहरी

दुर्गा प्रसाईलाई पक्राउ गर्न घरमा पुग्यो प्रहरी

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्न साइबर व्युरोका प्रहरी उनको निवास पुगेका छन् ।

बि एण्ड सी मेडिकल कलेजका सन्चालकसमेत रहेका प्रसाईंलाई पक्राउ गर्न प्रहरी भक्तपुरस्थित उनको निवास पुगेका हुन् ।

जिल्ला अदालत काठमाडौँले व्यवसायी प्रसाईंसहित तीन जनाविरुद्ध गत बुधबार पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रसाईँले चरित्र हत्या गरेको भन्दै साइबर ब्युरोमा उजुरी परेको थियो । उनीहरुमाथि विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघन गरेको आरोपमा प्रहरीले पक्राउका लागि अदालतसँग अनुमति मागेको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend