बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

साइबर अपराधको मुद्दामा व्यवसायी दुर्गा प्रसाईं पक्राउ

साइबर अपराधको मुद्दामा व्यवसायी दुर्गा प्रसाईं पक्राउ

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । साइबर अपराधको मुद्दामा प्रसाईंलाई साइबर व्युरोका प्रहरीको टोलीले पक्राउ गरेका हो ।

प्रसाईंलाई भक्तपुरस्थित उनको निवासबाटै पक्राउ गरिएको हो ।

प्रसाईंलाई पक्राउ गर्न पुगेको प्रहरीले शुरुमा ३ मिनेटभित्र ढोका खोल्न भनेको थियो । तर भित्रबाट एक घण्टासम्म ढोका नखुलेपछि भर्‍याङ लगाएर घरको कम्पाउण्डमा प्रवेश गरी उनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने, बेश्यावृति गरेको आरोप लगाउने तथा आपत्तिजनक अभिव्यक्ति दिने गरेको भन्दै उजुरी परेपछि अदालतको अनुमतिमा उनलाई पक्राउ गर्नुपरेको हो ।

जिल्ला अदालत काठमाडौँले व्यवसायी प्रसाईंसहित तीन जनाविरुद्ध गत बुधबार पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रसाईँले चरित्र हत्या गरेको भन्दै साइबर ब्युरोमा उजुरी परेको थियो । उनीहरुमाथि विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघन गरेको आरोपमा प्रहरीले पक्राउका लागि अदालतसँग अनुमति मागेको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend