logo

२०८१ असोज ७ सोमबार

logo
  • सोमबार, ७ असोज २०८१
  • मह किसानको समस्या अध्ययन गर्न समिति गठन

    मह किसानको समस्या अध्ययन गर्न समिति गठन

    147
    Shares
    मह किसानको समस्या अध्ययन गर्न समिति गठन

    काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मह उत्पादक किसानहरुको समस्या अध्ययान गर्न एक समिति गठन गरेका छन् । आइतबार मन्त्रालयमा सरोकारवालाहरुको सहभागितामा बसेको बैठकमा मन्त्री अधिकारीले मन्त्रालयका सहसचिव भोजराज सापकोटाको अध्यक्षतामा सरोकार पक्षको समेत सहभागीता हुने गरी ९ सदस्यीय समिति गठन गरेका हुन् ।

    समितीलाई १५ दिन भित्र प्रतिबेदन पेश गर्न कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ । बैठकमा मन्त्री अधिकारीले मह उत्पादक किसान र वितरक दुबै पक्षको हित हुने गरी कार्यदलले सुझाब दिने बिश्वास ब्यक्त गरे ।

    मन्त्री अधिकारीले सरकारको लक्ष्य आयात प्रतिस्थापन गरी स्वदेशी किसानको उत्पादनलाई प्राथमिकता दिने र मह किसानको तत्काल देखिएको समस्या समाधान गर्न जरुरी रहेको बताए । समितिले दिने सुझावका आधारमा मन्त्रालय अघि बढने मन्त्री अधिकारीले बताए । मह किसानहरुले हाल मौज्दात रहेको २१ सय मेट्रीक टन मह बिक्रीको व्यवस्था मिलाईदिन सरकार समक्ष माग गरेका छन् ।

    मह आयात रोके पनि सिरफको रुपमा यसको आयात भैरहेको भन्दै मह किसानहरुले महको आयातमा कर वृद्धि गर्नुपर्ने, स्वदेशी महलाई बजारीकरण गर्न सरकारले सहयोग गर्नुपर्ने लगायतका माग सरकार समक्ष राखेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend