सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

रवि लामिछानेलाई पक्राउ गर्ने तयारी गरेपछि रास्वपाले बोलायो आकस्मिक भेला

रवि लामिछानेलाई पक्राउ गर्ने तयारी गरेपछि रास्वपाले बोलायो आकस्मिक भेला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्यकर्तालाई केन्द्रीय कार्यालयमा बोलाएको छ । रास्वपाले काठमाडौं उपत्यकाका कार्यकर्तालाई केन्द्रीय कार्यालयमा बोलाएको हो ।

रास्वपाले उपत्यकाका पार्टी सदस्यहरुलाई यथासक्य छिटो केन्द्रीय कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ । सभापति रवि लामिछाने सहित केन्द्रीय नेताहरु पार्टी कार्यालय बनस्थलीमा छन् ।

गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक पूर्वडीआइजी छविलाल जोशीलाई प्रहरीले आइतबार प्रक्राउ गरेको छ ।

सहकारी छानबिन विशेष संसदीय समितिले जीबी राईले सहकारीको रकम गोर्खा मिडियामा ल्याएको र सो रकम रविले समेत हस्ताक्षर गरेर खर्च गरेको भन्दै गोर्खा मिडियामा रकम खर्च गरेको हकमा कानूनबमोजिम कारबाहीको सिफारिस गरेको थियो ।

सहकारी ठगी प्रकरणमा छानबिन समितिले कारबाही सिफारिस गरेका रास्वपा सभापति तथा तत्कालीन गोर्खा मिडियाका प्रबन्ध निर्देशक लामिछानेलाई पक्राउ पर्ने आशंका गर्दै रास्वपाले आकस्मिक भेला डाकेको हो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend