logo

२०८१ असोज ७ सोमबार

logo
  • सोमबार, ७ असोज २०८१
  • कुमारी बैंक एकसाथ दुई अवार्डबाट सम्मानित

    कुमारी बैंक एकसाथ दुई अवार्डबाट सम्मानित

    434
    Shares
    कुमारी बैंक एकसाथ दुई अवार्डबाट सम्मानित

    काठमाडौं । कुमारी बैंकले एकसाथ दुई अवार्डबाट सम्मानित भएको छ । भिसा इन्टरनेसनलले आयोजना गरेको ‘लिडरसिप कन्क्लेभ नेपाल २०२४’ सम्मेलनमा बैंकले ती दुई अवार्ड प्राप्त गरेको हो ।

    बैंकले ‘एक्सिलेन्स इन कन्जुमर क्रेडिट कार्ड्स बिजनेस’ र ‘एक्सिलेन्स इन क्रस बोर्डर बिजनेस’ अवार्ड पाएको हो ।

    स्थापनादेखि बैंकिङ सेवा–सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै आएको बैंकले आगामी दिनमा पनि आफ्ना सेवाको प्रभावकारिता तथा पहुँच वृद्धिका लागि डिजिटल क्षमता सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।

    कुमारी बैंकका हाल ३ सय २ शाखा, ३ सय १८ एटीएम, ५० एक्स्टेन्सन काउन्टर तथा ५७ शाखारहित इकाइबाट सेवा दिँदै आएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend