logo

२०८१ असोज ७ सोमबार

logo
  • सोमबार, ७ असोज २०८१
  • प्रधानमन्त्री ओली र नरेन्द्र मोदीबीच न्युयोर्कमा भेटवार्ता, के भयो कुराकानी ?

    प्रधानमन्त्री ओली र नरेन्द्र मोदीबीच न्युयोर्कमा भेटवार्ता, के भयो कुराकानी ?

    1.2K
    Shares
    प्रधानमन्त्री ओली र नरेन्द्र मोदीबीच न्युयोर्कमा भेटवार्ता, के भयो कुराकानी  ?

    अमेरिका । प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।

    संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

    आज उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा नेपाल–भारतका आपसी चासो र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ ।

    भेटपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले भेटवार्ता सकारात्मक भएको सञ्चारकर्मीलाई बताए ।

    नेपालका प्रधानमन्त्रीसँग भएको भेटको तस्बिर सामाजिक सञ्जालमा राख्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो भेटबाट भारत नेपालको सम्बन्ध बलियो भएको र थप गतिशिल बनाएको लेखेका छन् । उनले ओलीसँग उर्जा, प्रविधि र व्यापारसम्बन्धित कुराहरू भएको उल्लेख गरेका छन् ।

    सो भेटमा दुवै मुलुकका विदेशमन्त्री र प्रतिनिधिमण्डलका सदस्यहरुको सहभागीता थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend