logo

२०८१ असोज ७ सोमबार

logo
  • सोमबार, ७ असोज २०८१
  • प्रधानमन्त्रीलाई रविले भने- ‘न्युयोर्कबाट आँखा नसन्काउनुस्, फर्केर आउनूस्, बसेर कुरा गरौँ’।

    प्रधानमन्त्रीलाई रविले भने- ‘न्युयोर्कबाट आँखा नसन्काउनुस्, फर्केर आउनूस्, बसेर कुरा गरौँ’।

    2.7K
    Shares
    प्रधानमन्त्रीलाई रविले भने- ‘न्युयोर्कबाट आँखा नसन्काउनुस्, फर्केर आउनूस्, बसेर कुरा गरौँ’।

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वदेश फर्किएपछि बसेर कुरा गर्न प्रस्ताव गरेका छन् ।

    सहकारीको बचत रकम ठगी प्रकरणमा गोर्खा मिडिया प्रालिका एक सञ्चालक आइतबार पक्राउ परेपछि आफु पनि प्रहरीको निगरानीमा रहेको भन्ने थाहा पाएपछि रवि लामिछानेले आइतबार मध्य रातमा सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्रीलाई बसेर संवाद गर्न प्रस्ताव गरेका हुन् ।

    रास्वपा सभापति लामिछानेले सरकारले सहकारीपीडितलाई न्याय दिने नियतले नभइ प्रतिसोध राखेको आरोप समेत लगाएका छन् ।

    लामिछानेले प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै लेखेका छन्, ‘न्युयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू। फर्केर आउनूस्। बसेर कुरा गरौँ। सहकारीपीडितलाई न्याय दिने नियत भए म रुम मिलाउँछु, बिचौलियाको घर चाहिन्न। बाँकी भोलि…’

    प्रधानमन्त्री ओली हाल अमेरिकाको न्यूयोर्कमा छन् । उनी संयुक्त राष्ट्र संघको महासभामा भाग लिन त्यहाँ पुगेका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend