सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

सुनको मूल्यमा रेकर्ड ‘ब्रेक’, प्रतितोला १ लाख ६० हजार नजिक

सुनको मूल्यमा रेकर्ड ‘ब्रेक’, प्रतितोला १ लाख ६० हजार नजिक

काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्य बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको छ ।

छापावाल सुन आज प्रतितोला एक लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । सो मूल्यलाई तोड्दै सोमबार नयाँ रेकर्ड कायम भएको हो । आइतबारको तुलनामा आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो ।

अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर कटौति गरेको छ । जसका कारण त्यसको असर सुनमा पर्दा मूल्य दैनिक जसो बढीरहेको छ ।

अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर घटाएपछि यसको प्रभाव सुनमा पर्दा मूल्य बढेको महासंघले बताएको छ ।

फेडरल रिजर्भले ब्याजदर ०.५० प्रतिशत विन्दु घटाएको हो । फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ ।

फेडरल रिजर्भले ब्याजदर घटाएपछि लगानीकर्ताहरुले सुनमा लगानी बढाउँदा सुनको मूल्य बढेको छ ।

यसअघि फेडर रिजर्भले सन्दर्भ ब्याजदर ५.२५ देखि ५.५० प्रतिशतसम्म कायम गरेको थियो ।

सुनको मूल्य बढ्दा बजार सुनसान भएको व्यवसायीहरुले बताएका छन् । दैनिक सुनले नयाँ मूल्य कायम गर्दा बजारमा सुन किन्नेहरुको चहपहल नभएको व्यवसायीहरुको भनाई छ ।

चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार ९२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend