logo

२०८१ असोज ७ सोमबार

logo
  • सोमबार, ७ असोज २०८१
  • श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष दाहालको बधाई

    श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष दाहालको बधाई

    609
    Shares
    श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष दाहालको बधाई

    काठमाडौंँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रीलङ्काका नवौं राष्ट्रपतिको निर्वाचनमा ऐतिहासिक जित हासिल गरेकोमा अनुरा कुमारा दिसानायकेलाई बधाई दिएका छन् ।

    अध्यक्ष दाहालले सामाजिक सञ्जालमार्फत नवनिर्वाचित राष्ट्रपति दिसानायकेसहित उनले नेतृत्वको गरेको गठबन्धन नेशनल पिपुल्स पावर र उनको दल जेभीपीलाई बधाई दिएका हुन् ।

    अध्यक्ष दाहालले भनेका छन्, “भ्रष्टाचार, आर्थिक सङ्कट र भूराजनीतिक तनावको सही समाधानका रूपमा माक्र्सवादी नेता चयन गर्ने श्रीलङ्काली जनतालाई म सलाम गर्छु । उहाँको कार्यकालमा नेपाल र श्रीलंकाबीचको सम्बन्ध थप सुमधुर हुने विश्वास लिएको छु ।”

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend