
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं अस्पताल भर्ना भएका छन् । विद्युतीय कारोबार ऐन विपरीतको कसुर गरेको आरोपमा पक्राउ परेका प्रसाईं अस्पताल भर्ना भएका हुन् ।
उनी आइतबार साँझदेखि वीर अस्पतालमा राखिएको साइबर ब्युरोका अधिकृतहरुले जानकारी दिएका हुन् ।
उनलाई स्वास्थ्य परीक्षण गराउन लैजाँदा रक्तचाप सम्बन्धी समस्या देखिएपछि वीर अस्पताल भर्ना गरिएको हो ।
काठमाडौं जिल्ला अदालतले प्रसाईँलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend