logo

२०८१ असोज ७ सोमबार

logo
  • सोमबार, ७ असोज २०८१
  • हुलास फिनसर्भले आइपिओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल

    हुलास फिनसर्भले आइपिओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल

    266
    Shares
    हुलास फिनसर्भले आइपिओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल

    काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले सर्वसाधारणलाई सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीले २० लाख ७५ हजार कत्ता आइपिओ निष्कासन गर्न लागेको हो । साधारण सेयर निष्काशन गर्न कम्पनीले एनएमबी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

    आइतबार हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडका तर्फबाट अध्यक्ष शेखर गोल्छा तथा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपेशकुमार वैद्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

    नियामक निकायबाट तोेकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरु पूरा गरी यथासम्भव छिटो निष्काशनको प्रक्रिया अगाडि बढाईने हुलास फिनसर्भका अध्यक्ष गोल्छाले जानकारी दिए ।

    हुलास फिनसर्भ नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गैर–बैंकिङ्ग वित्तीय कम्पनी हो । कम्पनीले सन् २०१२ देखि ग्राहकहरुलाई उत्कृष्ट हायर पर्चेज सेवा प्रदान गर्दै आइरहेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend