logo

२०८१ असोज ७ सोमबार

logo
  • सोमबार, ७ असोज २०८१
  • जनताको चाहनाअनुरुपको पार्टीलाई बन्देज गर्नेकुरा रास्वपाले स्वीकार्दैन : सन्तोष परियार

    जनताको चाहनाअनुरुपको पार्टीलाई बन्देज गर्नेकुरा रास्वपाले स्वीकार्दैन : सन्तोष परियार

    245
    Shares
    जनताको चाहनाअनुरुपको पार्टीलाई बन्देज गर्नेकुरा रास्वपाले स्वीकार्दैन : सन्तोष परियार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले राजनीतिक अस्थिरताका नाममा समावेशी, समानुपातिकलाई घटाउने कुरा स्वीकार गर्न नसकिने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले दुई दल र तीन दलका नाममा थ्रेस होल्ड बढाउने कुरा आफूहरुलाई स्वीकार्य हुन नसक्ने बताए । उनले नेपाली जनताको चाहनाअनुरुपको पार्टीहरुलाई बन्देज गर्ने प्रयास गरिए राष्ट्रिय स्वतन्त्र पार्टी संविधान संशोधनको पक्षमा नरहने बताए ।

    उनले भने, ‘राजनीतिक अस्थिरताका नाममा समावेशी, समानुपातिकलाई घटाउने, अनि तपाईंहरुले चाहेको जस्तो दुई दल र तीन दलका नाममा थ्रेस होल्ड बढाउने । नेपाली जनताको चाहनाअनुरुपको पार्टीहरुलाई बन्देज गर्ने प्रयास गरिन्छ भने राष्ट्रिय स्वतन्त्र पार्टी त्यो संशोधनलाई स्वीकार गर्दैन । कदाचित स्वीकार्दैन । राष्ट्र निर्माणका आफ्ना इतिहासहरु हुन्छन्, सामान्यतया एउटा विकासको सिद्धान्त, क्रान्ति । त्यसको सिद्धान्तबाट राज्यहरु निर्माण हुन्छन् ।’

    प्रमुख सचेतक परियारले आफूले बनाएको संविधानमाथि नै अहिलेका राजनीतिक दलहरुलाई विश्वास नभएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend