logo

२०८१ असोज ७ सोमबार

logo
  • सोमबार, ७ असोज २०८१
  • राजनीतिक दलहरु नैतिक संकटको पतनमा छन्, अब देश सम्हाल्न गाह्रो छ : वरिष्ठ उपाध्यक्ष मिश्र

    राजनीतिक दलहरु नैतिक संकटको पतनमा छन्, अब देश सम्हाल्न गाह्रो छ : वरिष्ठ उपाध्यक्ष मिश्र

    378
    Shares
    राजनीतिक दलहरु नैतिक संकटको पतनमा छन्, अब देश सम्हाल्न गाह्रो छ : वरिष्ठ उपाध्यक्ष मिश्र

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले भ्रष्टाचार वडा तहमै पुगेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले संघीयतापछि भ्रष्टाचार वडा वडामा पुगेको बताएका हुन् ।

    उनले संघीयतामा तल तलसम्म अधिकार पुर्याउने नाममा भ्रष्टाचार लगेको आरोप लगाए । उनले राजनीतिक दलहरु नैतिक संकटको पतनमा रहेको बताए । उनले अब देश सम्हाल्नै गाह्रो रहेको भन्दै अन्तर्राष्ट्रिय भूराजनीतिका द्वन्द्वमा नेपाल फसेको बताए ।

    उनले भने, ‘हामीले संघीयतामा तल तलसम्म अधिकार पुर्याउने भन्यौँ । पञ्चायत हुँदा भ्रष्टाचार अलिकति दरबारको वरिपरी सिमित थियो । बहुदल आएपछि त्यो सिंहदरबार र ७५ जिल्लामा फैलियो । र गणतन्त्र आएपछि अब त वडा वडामा पुग्यो । बजेटको झन्डै २४ प्रतिशत संघीयतामा जान्छ । तल २१ महिनामा २४ वटा मुख्यमन्त्री भएको छ, २५५ जना मन्त्री भएका छन् । नैतिक संकटको हामी तल्लो तहमा पुगेका छौँ । अब यो देश सम्हाल्न गाह्रो हुन्छ ।

    जतिसुकै सम्हाल्छौँ भनेपनि यो सम्हाल्न गाह्रो अवस्था छ । एउटा अन्तर्राष्ट्रिय भूराजनीतिका कारण । अन्तर्राष्ट्रिय भूराजनीति अहिले चीन र भारत जसरी सर्वशक्तिमान बन्दैछन्, त्यसको कारणले गर्दा एशियातिर सिफ्ट भएका छन् ।’

    वरिष्ठ उपाध्यक्ष मिश्रले भावी पुस्तालाई बस्नै अयोग्य हुने देश हस्तान्तरण गरिरहेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend