शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

मेलम्ची खानेपानी आयोजना भ्रष्टाचारमा दोषी ठहर भएकालाई कैद सजाय निर्धारण

मेलम्ची खानेपानी आयोजना भ्रष्टाचारमा दोषी ठहर भएकालाई कैद सजाय निर्धारण

काठमाडौं । विशेष अदालतले मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारमा दोषी ठहर भएका पाँच जनालाई कैद सजाय निर्धारण गरेको छ । विशेष अदालतले मेलम्ची खानेपानी आयोजनाका तत्कालीन अध्यक्ष गजेन्द्र कुमार ठाकुरलाई ८ वर्ष कैद सजाय तोकेको छ ।

विशेष अदालतले भदौ २५ गते मेलम्ची खानेपानी आयोजनाको अनियमितता प्रकरणमा तत्कालीन अध्यक्ष ठाकुरसहित पाँच जनालाई दोषी ठहर गरेको थियो  ।

ठाकुरलाई आठ वर्षमा थप एक महिना कैद सहित १० करोड १० लाख जरिवाना गरेको हो ।

अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सूर्यराज कँडेल र रामचन्द्र देवकोटालाई पनि गजेन्द्र ठाकुरलाई सरह नै कैद र जरिवाना तोकेको छ ।

कसुर ठहर भएकाको हकमा अदालतले आज सजाय निर्धारण गर्दै ८ वर्ष १ महिना कैद र बिगो बराबर जरिवाना गर्ने फैसला सुनाएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० फागुन ६ मा मेलम्चीमा भ्रष्टाचार भएको आरोप लगाउदै तीन पूर्वसचिव सहित १५ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

यो पनि :

मेलम्ची भ्रष्टाचार मुद्दामा तत्कालीन सचिव ठाकुरसहित ४ जना दोषी ठहर, १० जनालाई सफाइ

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend