logo

२०८१ असोज ७ सोमबार

logo
  • सोमबार, ७ असोज २०८१
  • कांग्रेस-एमालेले सत्ताका लागि संविधान संशोधनको कथा बनाए : अध्यक्ष दाहाल

    कांग्रेस-एमालेले सत्ताका लागि संविधान संशोधनको कथा बनाए : अध्यक्ष दाहाल

    462
    Shares
    कांग्रेस-एमालेले सत्ताका लागि संविधान संशोधनको कथा बनाए : अध्यक्ष दाहाल

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस-एमालेले सत्ताका लागि संविधान संशोधनको एजेण्डाको कथा हालेको बताएका छन् ।

    सोमबार काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयनः अपेक्षा र वास्तविकता’ विषयक कार्यक्रममा बोल्दै उनले माओवादी केन्द्र नेतृत्वको सरकारलाई हटाउनैपर्ने निष्कर्षमा पुगेपछि दुई ठूला दल कांग्रेस-एमालेले संविधान संशोधनको कथा बनाएको जिकिर गरेका हुन् ।

    अध्यक्ष दाहालले त्यसपछि दुवै दलले संविधान संशोधन गरेर मुलुकमा राजनीतिक स्थिरता कायम गर्नुपर्छ भनेर कहीँकतै सुनिएको थियो ? भनि सहभागीहरुलाई प्रश्न पनि गरेका थिए । कांग्रेस–एमालेले सरकार चाहिएपछि संविधान संशोधनको कथा हाल्न पुगेको अध्यक्ष दाहालको भनाई थियो । उनले कांग्रेस–एमालेले विस्तृत शान्ति सम्झौतालाई वर्तमान संविधानको अंग हो भन्ने कुराको मर्मलाई आत्मासात नगरेको पनि बताए ।

    अध्यक्ष दाहालले कांग्रेस–एमालेले संविधान संशोधनको एजण्डा कहिल्यै नलिएको बताए । मुलुकको परिस्थिति जटिल अवस्थामा रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले त्यसमा ठूला दलहरु गम्भिर बन्नुपर्ने बताए ।

    अध्यक्ष दाहालले संविधान राम्रोसँग कार्यान्वयन हुन नपाउँदै यसलाई असफल भयो भन्ने छुट कसैलाई पनि नभएको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend