logo

२०८१ असोज ८ मंगलबार

logo
  • मंगलबार, ८ असोज २०८१
  • परराष्ट्रमन्त्री राणा र राष्ट्रसंघका उपमहासचिव अतुलबीच भेटवार्ता, के भयो छलफल ?

    परराष्ट्रमन्त्री राणा र राष्ट्रसंघका उपमहासचिव अतुलबीच भेटवार्ता, के भयो छलफल ?

    364
    Shares
    परराष्ट्रमन्त्री राणा र राष्ट्रसंघका उपमहासचिव अतुलबीच भेटवार्ता, के भयो छलफल ?

    वासिङ्टन डिसी । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन अमेरिकामा रहेकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले राष्ट्रसङ्घका मुख्यालय कार्यालय सञ्चालन सहयोग विभागका उपमहासचिव अतुल खरेसँग भेटवार्ता गरेकी छन् ।

    उनीहरुबीच आज भएको भेटवार्तामा राष्ट्रसङ्घको नेपालसँग सम्बन्ध तथा सहयोगका विविध विषयमा छलफल भएको न्युयोर्कस्थित नेपाली नियोगले जनाएको छ । उक्त विभागले शान्ति स्थापनाका लागि खटिने राष्ट्रसङ्घीय मिसनका सुरक्षाकर्मीको व्यवस्थापनका क्षेत्रमा काम गर्दै आएको छ ।

    नियोगका अनुसार उक्त भेटमा नेपाल र संयुक्त राष्ट्रसङ्घबीचको सहयोगलाई निरन्तरता दिने र शान्ति सुरक्षाका क्षेत्रमा पु¥याइएको योगदानका विषयमा विचारविमर्श भएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend