logo

२०८१ असोज ८ मंगलबार

logo
  • मंगलबार, ८ असोज २०८१
  • लगातार हार बेहोरेको नेपाल आज ओमानसँग जित्ने योजनाका साथ मैदानमा उत्रँदै

    लगातार हार बेहोरेको नेपाल आज ओमानसँग जित्ने योजनाका साथ मैदानमा उत्रँदै

    2.4K
    Shares
    लगातार हार बेहोरेको नेपाल आज ओमानसँग जित्ने योजनाका साथ मैदानमा उत्रँदै

    काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा लगातार हार व्यहोरी रहेको नेपाल आज ओमानसँग प्रतिस्पर्धा गर्दै छ । खेल नेपाली समय अनुसार राति पौने ९ बजे क्यानडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियममा सुरु हुनेछ ।

    यसअघिका तीन खेलमा लगातार हार बेहोरेको नेपाल आजको खेल जित्ने योजनाका साथ मैदानमा उत्रँदैछ । नेपालले क्यानडासँगका दुवै र ओमानविरुद्धको पहिलो खेलमा हार बेहोरेको छ ।

    नेपाल र ओमानबीच अहिलेसम्म कुल ८ एकदिवसीय खेल भएका छन् । जसमा ओमानले ५ खेल जितेको छ भने नेपालले ३ खेल जितेको छ ।

    आजको खेलसँगै लिग–२ को दोस्रो सिरिज सकिनेछ भने क्यानाडामै तीन टोलीबीच टी–२० सिरिज हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend