logo

२०८१ असोज ८ मंगलबार

logo
  • मंगलबार, ८ असोज २०८१
  • प्रतितोला दुई लाखको बाटोमा सुन, आज कतिमा हुँदैछ कारोबार ?

    प्रतितोला दुई लाखको बाटोमा सुन, आज कतिमा हुँदैछ कारोबार ?

    3.4K
    Shares
    प्रतितोला दुई लाखको बाटोमा सुन, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । नेपाली बजारमा आज मंगलबार सुनको मूल्यले रेकर्ड ब्रेक गरेको छ ।

    सुनको मूल्यले दैनिक जसो नयाँ रेकर्ड बनाइरहेको छ । आजको सुनको मूल्य हालसम्मकै उच्च मूल्य हो । सोमबार प्रतितोला एक लाख ५९ हजार २ सयमा कारोबार भएको सुन आज १ लाख ५९ हजार ७ सयमा कारोबार भैरहेको छ ।

    सोमबारको तुलनामा सुनको मूल्य मंगलबार प्रतितोला ५ सय रुपैयाँले बढेको हो । छापावाल सुनको मूल्य तोलामै करिब एक लाख ६० हजार नजिक पुगेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ५९ हजार ७ सय रुपैयाँ रहेको छ ।

    अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर कटौति गरेको छ । जसका कारण त्यसको असर सुनमा पर्दा मूल्य दैनिक जसो बढीरहेको छ ।

    अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर घटाएपछि यसको प्रभाव सुनमा पर्दा मूल्य बढेको महासंघले बताएको छ ।

    फेडरल रिजर्भले ब्याजदर ०.५० प्रतिशत विन्दु घटाएको हो । फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ ।

    फेडरल रिजर्भले ब्याजदर घटाएपछि लगानीकर्ताहरुले सुनमा लगानी बढाउँदा सुनको मूल्य बढेको छ ।

    यसअघि फेडर रिजर्भले सन्दर्भ ब्याजदर ५.२५ देखि ५.५० प्रतिशतसम्म कायम गरेको थियो ।

    सुनको मूल्य बढ्दा बजार सुनसान भएको व्यवसायीहरुले बताएका छन् । दैनिक सुनले नयाँ मूल्य कायम गर्दा बजारमा सुन किन्नेहरुको चहपहल नभएको व्यवसायीहरुको भनाई छ ।

    त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९१५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend