
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले ओखलढुंगाबाट रक्तश्राव भएकी सुत्केरी महिलालाई हेलिकप्टरबाट उद्धार गरेर काठमाडौं ल्याएका छन् ।
मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर १ मोलीकी पातली श्रेष्ठ राईको ओखलढुंगास्थित मिसन अस्पतालमा बच्चा जन्माउने क्रममा शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि उनको रक्तश्राव रोकिएको थिएन ।
रक्तश्राव नरोकिएपछि कांग्रेस नेता खतिवडाले पातलीलाई हेलिकप्टरबाट उद्धार गरेर काठमाडौंमा ल्याइ थापाथलीस्थित प्रसुति गृहमा भर्ना गराइदिएको खतिवडाका स्वकीय सचिव हुकुम राईले जानकारी दिएका छन् ।
‘पातली श्रेष्ठ राईलाई ओखलढुंगाको मिसन अस्पतालमा उपचारका क्रममा रक्तश्राव भएपछि पूर्वसांसद रामहरि खतिवडाज्यूलाई जानकारी आयो’, राईले भने, ‘त्यसपछि उहाँले आफ्नै पहिलमा हेलिकप्टर पठाएर पातली श्रेष्ठ राईलाई निःशुल्क उद्धार गरेर काठमाडौं ल्याउनु भएको छ ।’
खतिवडाले ती महिलालाई हेलिकप्टरबाट निःशुल्क उद्धार गरेपछि परिवारजनले धन्यावाद दिएका छन् ।
खतिवडाले पनि पातली राईको स्वास्थ्यको कामना गरेका छन् । उनले उपचारमा थप सहयोग आवश्यक पर्यो भने सहयोग गर्ने बताएका छन् ।
लकडाउन र कोरोना महामारीका बेला कांग्रेसका युवा नेता खतिवडाले ओखलढुंगाबाट थुप्रै सर्वसाधारणको उद्धारमा सहयोग गरेका छन् ।
नेपाली कांग्रेसका युवा नेता खतिवडाको पहलमा भएको सो उद्धारको खर्च महिला, बालबालि तथा जेष्ठ नागरिक मन्त्रालयले बेहोर्ने खतिवडाको स्वाकीय सचिव राइले जनकारी दिए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend