logo

२०८१ असोज ८ मंगलबार

logo
  • मंगलबार, ८ असोज २०८१
  • कीर्ते गरी करचुक्ता प्रमाणपत्र बनाएको आरोपमा सुनिल पौडेलविरुद्ध मुद्दा दर्ता

    कीर्ते गरी करचुक्ता प्रमाणपत्र बनाएको आरोपमा सुनिल पौडेलविरुद्ध मुद्दा दर्ता

    2.4K
    Shares
    कीर्ते गरी करचुक्ता प्रमाणपत्र बनाएको आरोपमा सुनिल पौडेलविरुद्ध मुद्दा दर्ता

    काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)का तत्कालीन कार्यकारी निर्देशक तथा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेलविरुद्ध लिखत कसुरमा मुद्दा दर्ता भएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानका क्रममा लिखत कसुर गरेको भेटिएको भन्दै प्रहरीलाई अनुसन्धान गर्न पत्राचार गरेको थियो ।

    आयोगको पत्रपछि अनुसन्धान गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले पौडेलले कर चुक्ता प्रमाणपत्र कीर्ते गरेको निष्कर्ष निकाल्दै जिल्ला सरकारी वकिल कार्यालयमा फाइल पठाएको थियो ।

    काठमाडौं प्रहरी परिसरले अनुसन्धान सकेपछि जिल्ला सरकारी वकिल कार्यालयले मंगलबार अदालतमा अभियोग पत्र दायर गरेको छ । प्रहरीका अनुसार पौडेलको साथबाट नक्कली कर चुक्ता प्रमाणपत्र भेटिएको थियो ।

    सुनील पौडेलको नाममा जारी भएको तर आन्तरिक राजस्व कार्यालय पुतलीसडकको अभिलेखमा नदेखिएको कर चुक्ता प्रमाणपत्रहरू निजले सरकारी कागजात कीर्ते गरी तयार गरेको हुन सक्ने भन्दै अनुसन्धानका लागि अख्तियारले प्रहरीलाई पत्राचार गरेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend