बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

दसैंका लागि अग्रिम बस टिकट १२ गतेबाट खुल्ने

दसैंका लागि अग्रिम बस टिकट १२ गतेबाट खुल्ने

People buying bus tickets to leave Kathmandu valley for Dashain festival at Gongabu bus park, Kathmandu on Monday. Photo: Naresh Shrestha

काठमाडौं । दसैंका लागि अग्रिम बस टिकट असोज १२ गतेबाट खुल्ने भएको छ ।

आज यातायात व्यवस्था विभागमा यातायात व्यवसायी र विभागबीच भएको छलफलमा १२ गतेबाट अग्रिम टिकट बुकिङ खुल्ला गर्ने सहमती भएको हो ।

यातायात व्यवसायी र विभागबीच दसैंमा घर जानका लागि अग्रिम टिकट बुकिङ असोज १२ गतेबाट खोल्ने सहमती भएको हो ।

घटस्थापना अगाडि सडकका खाल्डाखुल्डी पुर्ने र छठपछि यातायात भाडा समायोजन गर्ने सर्तमा मात्र यातायात व्यवसायी अग्रिम टिकट बुकिङ खुलाउन तयार भएका छन् ।

यसअघि दसैँका लागि अग्रिम टिकट खुलाउने विषयमा छलफल भएपनि सरकार र यातायात व्यवसायीबिच ठोस सहमति जुट्न सकेको थिएन ।

यस्तै अग्रिम टिकट बुकिङ खुलाएसँगै घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म मुलुकभर रुट परमिटसमेत खुला गरिएको यातायात व्यवस्था विभागले जनाएको छ।

यस अवधिभर जुनसुकै रुटका गाडि निर्धक्कसँग जुनसुकै स्थानमा जान पाउने छन्। सरकारले प्रत्येक वर्ष दसैं र तिहारमा रुट परमिट खुला गर्दै आएको छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend