
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव तथा नेपाली क्रिकेट टीमका पूर्वकप्तान पारस खड्का चिनियाँ विद्युतीय गाडी डिपलको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्।
चाइनाको दोश्रो ठूलो र सबैभन्दा बढी अवार्डेड चांगन अटोले निर्माण गरेको डिपल एसयूभी एस ०७ गाडी नेपाली बजारमा अत्याधिक रुचाईएको गाडीमा पर्छ।
नेपालका लागि डिपल गाडीको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटोकर्पका प्रवन्ध निर्देशक बिबेक शिकारीयाले एक कार्यक्रमबीच खड्कालाई ब्रान्ड एम्बेसडरको रुपमा डिपल फ्यामलीमा स्वागत गरेका हुन्।
डिपल गाडीको ब्रान्ड एम्बेसडर नियुक्त भएका पारसले दुई सातादेखि दिपल एस ०७ चढिरहेको बताउँदै कारमा भएको फिचर राम्रो भएको बताए ।
उनले आकर्षक, सुरक्षित र राम्रो पर्फर्मेन्स भएको गाडी भएकाले डिपल ब्रान्ड आफ्नो रोजाइमा परेको दाबी गरे। आफु अहिलेसम्म धेरै ब्राण्डसँग इन्ड्रोस हुँदै आइरहेको इभी ब्रान्डसँग नया जर्नी भएको बताए।
एम्बेसडरमा नियुक्त भएपछि खड्कालाई कम्पनीले ७४ लाख ९९ हजार रुपैयाँ पर्ने एसयूभी एस ०७ हस्तान्तरण गरेको छ।
ब्रान्ड एम्बेसडर नियुक्तिपछि खड्काले कम्पनीको बजार प्रवर्द्धनमा सघाउने छन्। डिपल एसयूभी एस ०७ आकर्षक, सुरक्षित र राम्रो पर्फर्मेन्स भएको गाडी हुँदा आफ्नो रोजाइमा परेको उनले सुनाए।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend