मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

मुगु जिल्ला अस्पतालमा स:शुल्क फार्मेसी सञ्चालन

मुगु जिल्ला अस्पतालमा स:शुल्क फार्मेसी सञ्चालन

मुगु । मुगु जिल्लाको जिल्ला अस्पतालमा अस्पताल विकास समितिले स:शुल्क फार्मेसी सञ्चालनमा ल्याएको छ ।

एक कार्यक्रमकाबीच कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र अस्पताल विकास समितिका अध्यक्ष गजेन्द्र बहादुर मल्लले संयुक्तरुपमा उद्घाटन गरे ।

हाल सम्म जिल्ला अस्पतालमा फार्मेसी नहुँदा बिरामीलाई समस्या भएकोले अस्पताल समितिको बजेटबाट स:शुल्क फार्मेसी सञ्चालनमा ल्याएको अस्पताल बिकास समितिका अध्यक्ष गजेन्द्र बहादुर मल्लले बताए ।

मल्लका अनुसार भौतिक रुपमा सामाजिक विकास मन्त्री घनश्याम भण्डारी जिल्ला अस्पतालमै पुगेका थिए।

आफु भौतिक रुपमा अस्पतालमै पुगी अनुगमन तथा निरीक्षण समेत गरेको र अस्पताल विकास समितिले माग गरेका कामहरुको आवश्यक रुपमा पहल गर्ने र सञ्चालनमा आएको फार्मेसीलाई आवश्यक रकम समेत उपलब्धता गराउने सामाजिक विकास मन्त्री घनश्याम भण्डारी प्रतिबद्धता व्यक्त गरे ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend