logo

२०८१ असोज ९ बुधबार

logo
  • बुधबार, ९ असोज २०८१
  • सेयर र घरजग्गामा लगानी नगर्न सहकारीलाई काठमाडौंका मेयर बालेनको निर्देशन

    सेयर र घरजग्गामा लगानी नगर्न सहकारीलाई काठमाडौंका मेयर बालेनको निर्देशन

    3.6K
    Shares
    सेयर र घरजग्गामा लगानी नगर्न सहकारीलाई काठमाडौंका मेयर बालेनको निर्देशन

    काठमाडौं । काठमाडौं महानगरपालिकाले वचत रकम सेयर र घरजग्गा किनबेचमा नलगाउन वचत तथा ऋण सहकारी संस्थालाई निर्देशन दिएको छ । सहकारी संस्थाको वचत तथा ऋण लगानी सुरक्षित गर्न ध्यानकर्षण गराएको महानगरपालिकाले जनाएको छ ।

    सरकारी संस्था डुबाएर सञ्चालक भाग्ने क्रम बढेपछि यसलाई नियन्त्रण गर्न महानगरले संस्थाको वचत रकम प्रयोग गरी व्यापारिक प्रयोजनका लागि घर जग्गाको किनबेच वा कारोबारमा लगानी नगर्न भनेको छ ।

    यस्तै संस्थाको वचत रकम सेयर किनबेचमा प्रयोग नगर्न भनेको छ । अधिकाँश सहकारी संस्थाहरुले बचत रकम घरजग्गा र सेयरमा लगानी गरेपछि डुबेको छन् । अहिले घरजग्गा र सेयर बजार सुस्त गतिमा रहेका छन् ।

    महानगरले संस्थाको सदस्य बाहेकलाई ऋण नदिन पनि निर्देशन दिएको छ । अब सहकारीले वचत र ऋणको ब्याजदर अन्तर बढीमा ६ प्रतिशत भन्दा बढी कायम नगर्न ध्यानकर्षण गराएको छ ।

    यसैगरी प्राथमिक पुँजी कोषको १५ गुणा भन्दा बढी बचत संकलन गर्न नपाउने व्यवस्था महानगरले गरेको छ । एकघरका सदस्य वा एक भन्दा बढी सहकारी संस्थाका सदस्यलाई सञ्चालक बनाउने भएको छ । यसैगरी सञ्चालक समितिका ४९ प्रतिशत सदस्यले एकैपटक ऋण लगानी गर्न नपाउने भएको छ ।

    महानगरले नक्कली ऋणी खडा गरी लगानी नगर्न, धितो जमानी नराखी र न्यून धितो राखेर ऋण प्रवाह नगर्न सहकारी संस्थालाई भनेको छ । यसैगरी पुँजी कोषको १० प्रतिशत भन्दा बढी रकम एक सदस्यलाई मात्र लगानी नगर्न भनेको छ ।

    सहकारी संस्थाको कार्यक्षेत्र विपरित लगानी र त्यस्तो अधिकार प्रवन्धक वा अन्य पदाधिकारी वा सदस्यलाई प्रत्यायोजन नगर्न भनेको छ । यसैगरी सहकारीको उद्धेश्य तथा कार्यक्षेत्र विपरित कार्यका साथै विदेश अध्ययनमा वचत रकम प्रयोग नगर्न सहकारीलाई निर्देशन दिएको महानगरपालिकाले जनाएको छ ।

    यस्तो छ महानगरद्वारा जारी सूचना : 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend