logo

२०८१ असोज ९ बुधबार

logo
  • बुधबार, ९ असोज २०८१
  • नेदरल्याण्डसमा व्यवसायी फणिन्द्र पन्तले जीते स्टार्टअप उद्यमी पुरस्कार

    नेदरल्याण्डसमा व्यवसायी फणिन्द्र पन्तले जीते स्टार्टअप उद्यमी पुरस्कार

    700
    Shares
    नेदरल्याण्डसमा व्यवसायी फणिन्द्र पन्तले जीते स्टार्टअप उद्यमी पुरस्कार

    काठमाडौं । नेपाली व्यवसायी फणिन्द्र पन्तले नेदरल्याण्डसमा स्टार्टअप पुरस्कार जितेका छन्। नेपालका एक विशेषज्ञको रुपमा चिनिएका पन्तले नेदरल्यान्ड्सको गोइस मिरेन नगरपालिकाद्वारा आयोजित स्टार्टअप उद्यमी प्रतियोगितामा विजय हासिल गरि उक्त पुरस्कार जितेका हुन्।

    विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीपछि नेदरल्याण्डसको गोइस मिरेन क्षेत्रमा पसल र व्यवसायमा निकै रिक्तता देखिएको र उक्त अवस्थाबाट छुटकारा पाउने अभिप्रायले स्थानीय सरकारद्वारा आयोजित प्रतियोगितामा नेपाली उद्यमी समेत रहेका नेदरल्याण्डमा लामो समयदेखि व्यवसाय संचालन गर्दै आएका पन्तले पनि सहभागिता जनाएका थिए।

    राष्ट्रिय आर्थिक मेरुदण्डको रुपमा रहेको व्यावसाय-क्षेत्रलाई प्रोत्साहन गर्दै आर्थिक मन्दिबाट बच्ने दूरगामी योजना अन्तर्गत स्थानीय सरकारले कार्यान्वयनमा ल्याएको उक्त प्रतियोगितामा सहभागिता जनाएका नयाँ व्यवसायिक योजनाहरुलाई मूल्यांकन गर्ने र बिजेता छनौट गर्ने नीति अन्तर्गत पन्तको नेपालमा उत्पादित चीया, कफी, हिमालयन मसला, उनबाट निर्मित कपडा र हस्तकलाका सामानहरुको नेदरल्याण्डमा बिक्री वितरण र बिस्तार गर्दै आएको माउन्टेन मार्ट नेपाल ट्रेड हाउस नामक स्टार्टअप उद्यमशीलता योजना बिजयी बनेको हो।

    कूल पच्चीस व्यवसायीहरुले भाग लिएको उक्त प्रतियोगितामा छनौट भएका विजेताले पुरस्कार, व्यवस्थापन प्याकेज लगायतका लागि कूल करिब चालिस लाख नेपाली रुपैया बराबरको रकम प्राप्त गरेका छन् ।

    नमस्ते कोंअपरेटिभ यु.ए. नामक सहकारी कम्पनी मार्फत नेपाली उत्पादनहरुको विदेशी भूमिमा बिक्री वितरण गर्दै आएका पन्तले आफ्नो जीत प्रति खुसी व्यक्त गर्दै पुरस्कार नेपाल र नेपालीको लागि समर्पित भएको बताए।

    गैर-आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषदका प्रवक्ता समेत रहेका उनले नेपालको प्रवर्द्धन र नेपाली उत्पादनहरुको अन्तर्राष्ट्रिय बजार विस्तार गरि नेपालको आर्थिक उन्नतिमा टेवा दिने आफ्नो उद्देश्य रहेको र यसका लागि आफू निरन्तर लागिपर्ने प्रतिवद्धता जनाए।

    साथै उनले नेपाली उत्पादनहरुलाई नेदरल्याण्ड लगायत यूरोपका अन्य मूलुकहरुमा विस्तार र बजारीकरण गर्न ईच्छुक नेपाली तथा अन्य अन्तर्राष्ट्रिय संस्थाहरुलाई माउण्टेन मार्ट नेपाल ट्रेड हाउस मार्फत खुल्ला आव्हान समेत गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend