सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । यसअघि ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो ।

चरित्र हत्या गरेको आरोपमा उनीविरुद्ध जाहेरी दर्ता भएको छ । प्रसाईंविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध एकजना महिलाले आफ्नो ‘चरित्रहत्या गरेको’ भन्दै जाहेरी दिएकी हुन् ।

आरोप पुष्टि भएमा ५ वर्षसम्म कैद सजाय र एक लाखसम्म जरिवाना हुने व्यवस्था छ ।

असोज ६ गते प्रसाईंलाई प्रहरीले उनकै निवासबाट पक्राउ गरेको थियो ।

उनीसँगै पक्राउ पुर्जी जारी भएका दुई जना जीवन पाण्डे र प्रकाशचन्द्र दाहाल फरार छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend