logo

२०८१ असोज ९ बुधबार

logo
  • बुधबार, ९ असोज २०८१
  • हाम्रो बजारले गर्यो फोनलोनसँगको सहकार्यमा ‘बाइ नाउ, पे लेटर’ फिचर सार्वजनिक, केके छन् सुविधा ?

    हाम्रो बजारले गर्यो फोनलोनसँगको सहकार्यमा ‘बाइ नाउ, पे लेटर’ फिचर सार्वजनिक, केके छन् सुविधा ?

    595
    Shares
    हाम्रो बजारले गर्यो फोनलोनसँगको सहकार्यमा ‘बाइ नाउ, पे लेटर’ फिचर सार्वजनिक, केके छन् सुविधा ?

    काठमाडौं । नेपालको सबैभन्दा ठूलो अनलाइन मार्केटप्लेस हाम्रो बजारले फोनलोनसँगको सहकार्यमा ‘बाइ नाउ, पे लेटर’ फिचर सार्वजनिक गरेको छ। फिचरलाई हाम्रो बीएनपीएल नाम दिइएको छ।

    कम्पनीका अनुसार अब हाम्रो बजारबाट सामान खरिद गर्न चाहने फोनलोनका योग्य ग्राहकहरुले हाम्रो बजारबाट मासिक किस्ताबन्दीको सुविधामा सामान किन्न सक्ने छन्। किस्ताबन्दीको सुविधाले हाम्रो बजारलाई अझ सहज र किफायती बनाउन सघाउने कम्पनीले जनाएको छ।

    कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक र कृषि विकास बैंकका फोनलोन प्रयोगकर्ताहरुले किस्ताबन्दीको सुविधा आ–आफ्नो मोबाइल बैंकिङ एपबाटै सजिलै प्रयोग गर्न सक्ने छन् ।

    हाम्रो बीएनपीएलमार्फत ग्राहकहरुले ६ महिनासम्मको किस्ताबन्दी सुविधामा कुनै ब्याज तिर्नुपर्दैन। ९ देखि १२ महिनाको स्ट्यान्डर्ड इएमआई लिने प्रयोगकर्ताहरुले भने डाउनपेमेन्ट बिनानै सुविधा उपभोग गर्न सक्छन्।

    कम्पनीका अनुसार हाम्रो बजारको हाम्रोबीएनपीएलमा २५० भन्दा बढी प्रडक्ट उपभोक्ताहरुले छनोट गर्न सक्छन्।

    आफूलाई आवश्यक परेको वा मनपरेको प्रडक्ट फोनलोन प्रयोगकर्ताहरुले आफ्नो मोबाइल बैंकिङबाटै क्यूआरकोड स्क्यान गरेर किस्ताबन्दीमा किन्न सकिने कम्पनीले जनाएको छ ।

    ‘हाम्रो बीएनपीएल भुक्तानीको माध्यम मात्रै होइन। यो नेपाली उपभोक्ताहरुका लागि इ–कमर्समा गेमचेन्जर फिचर हो। हाम्रो बजारसँगको सहकार्यमा हामीले हाम्रा ग्राहकहरुलाई तत्काल सबै पैसा भुक्तानी गर्नुपर्ने बाध्यताबाट छुट्कारा दिँदै तनावविना सामान खरिद गर्ने वातावरण सृजना गर्न खोजेका हौं। यसले हाम्रा ग्राहकहरुलाई फाइनान्सियल फ्लेक्जिबिलिटी प्रदान गर्छ’, फोनलोनका प्रमुख कार्यकारी अधिकृत सागर शर्माले भने।

    फोनलोनको बारेमा :

    फोनलोन नेपालको सबैभन्दा ठूलो डिजिटल कर्जा दिने माध्याम हो। यसले योग्य प्रयोगकर्ताहरुलाई तत्काल, धितोविनै ऋण उपलब्ध गराउँछ। जसका लागि विभिन्न बैंकहरुसँग सहकार्य गरिरहेको छ।

    हाम्रोबजारको बारेमा :

    हाम्रोबजार नेपालको सबैभन्दा ठूलो मार्केटप्लेस हो। हाम्रोबजारमा विविध रेन्जका प्रडक्ट उपलब्ध छन्। भरपर्दो प्लाटफर्मकोरुपमा हाम्रोबजार गुणस्तरीय सामान उपलब्ध गराउँदै उपभोक्ताहरुको किनमेल अनुभवलाई एकदम फरक बनाउन प्रतिबद्ध छ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend