logo

२०८१ असोज ११ शुक्रबार

logo
  • शुक्रबार, ११ असोज २०८१
  • ‘ग्लोबल जुनियर एप’ मार्फत अब बालबालिकासँग ‘क्यास लेस’ कारोबार

    ‘ग्लोबल जुनियर एप’ मार्फत अब बालबालिकासँग ‘क्यास लेस’ कारोबार

    476
    Shares
    ‘ग्लोबल जुनियर एप’ मार्फत अब बालबालिकासँग ‘क्यास लेस’ कारोबार

    काठमाडौं । ग्लोबल आइएमई बैंकले एक महिनाअघि बालबालिकाहरुलाई केन्द्रित गरेर ‘ग्लोबल जुनियर एप’ लन्च गरेको छ । एपका बारेमा अभिभावक, बालबालिका र विद्यालयहरुले चासोका साथ जानकारी लिने गरेका छन् । ग्लोबल जुनियर एप प्रयोगकर्ताहरु उत्साहजनक रुपमा बढेको ट्रान्जेक्सन बैंकिङ्ग–सेल्स र बिजनेश विभाग प्रमुख प्रकाश पौडेलले बताएका छन् । उनी भन्छन्, ‘यो बैंकको नयाँ आयाम हो । यसबाट हामीले बालबालिकालाई लर्न, अर्न र सेभिङ्ग गर्ने संस्कारको विकास गराउन खोजेका हौं ।’

    एक महिनाको बजारलाई मूल्याँकन गर्दा जुन उद्धेश्यकासाथ बैंकले एप सार्वजनिक गरेको थियो, त्यो पूरा भएको पौडेलको दाबी छ । विशेष गरेर १२ देखि १७ वर्षसम्मका बालबालिकाहरुलाई केन्द्रित गरेर यो एप ल्याइएको हो । यद्यपी, यसमा पूर्ण नियन्त्रण भने अभिभावकको नै रहन्छ ।

    के हो ग्लोबल जुनियर एप ?

    यो कुनै बैंक खाता होइन । खाता र जुनियर एपमा धेरै फरक छ । खाता भनेको विशुद्ध बैंकमा गएर बैंकको केवाईसी अर्थात् अनलाइनमै बसेर खोलिन्छ । जसमा बच्चाहरुका लागि आफ्नै प्रक्रियाहरु छन् । बालबालिका आफैँमा नाबालक हुन्छन् । अकाउन्ट खोल्न उनीहरु आफैँ रुजु भएका हुँदैनन् । ग्लोबल आइएमईले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुका केन्द्रीत गरेर ‘ग्लोबल जुनियर एप’ लन्च गरेको हो ।

    ग्लोबल जुनियर एपका लागि सुरुवाती अवस्थामा बालबालिकाको कुनै संलग्नता बिना नै अभिभावकको मोबाइलमा भएको ‘ग्लोबल स्मार्ट प्लस’बाट बच्चाको लागि रजिष्टर गरेर खोलिने एउटा ‘भर्चुअल अकाउन्ट’ हो । जस्तैः कुनै एक अभिभावकले आफ्नो मोबाइल फोनमा भएको ग्लोबल स्मार्ट प्लसमा गएर बैंकिङ सर्भिसभित्र जुनियर एपमा क्लिक गरेर बच्चाको विवरण मात्र राख्ने । त्यसपछि बच्चाको स्मार्ट फोनमा गएर ग्लोबल जुनियर एप डाउनलोड गर्ने । त्यसपछि अभिभावकको मोबाइलबाट ‘एक्टिभ’ गर्ने वित्तिकै जुनियर एप अभिभावकको एपमा लिंक हुन जान्छ । अब यो एपमार्फत अभिभावकले आफ्नो हिसाबले पैसा पठाउने, अलाउन्स पठाउने, टास्क साइन गर्ने जस्ता विविध गतिविधि गर्न सक्छन् ।

    कसरी नियन्त्रण हुन्छ ?

    यसमा बच्चाको अकाउन्ट खोल्ने भन्ने हुँदैन । यो पूर्ण रुपमा अभिभावकको एपसँग लिंक हुन्छ । आजसम्म हामी पैसा खातामा ट्रान्सफर गर्ने भन्ने संस्कारमा हुर्केका थियौं । कसैलाई पैसा पठाउन पर्ने भएमा अकाउन्टमा हाल्दिने भन्ने थियो । तर, यसमा भने बालबालिकाका लागि खातामा नभई एपमा रकम पठाउने हो । जुनियर एपबाट नै पैसा माग्न पनि सकिन्छ । यदि उसलाई पैसा चाहिएको खण्डमा एपबाट नै अभिभावकलाई पैसाको लागि अनुरोध (रिक्वेस्ट) पठाउन सक्छ । उक्त नोटिफिकेसन हेरेर अभिभावकले आफ्ना बालबालिकालाई आवश्यक परेको रकम पठाउन सक्छन् ।

    बालबालिकाले उक्त एपमार्फत क्यूआर पेमेन्ट गर्न सक्छ । यो सबै कारोबारको निगरानी अभिभावकले आफ्नो ग्लोबल स्मार्ट एपबाट गर्र्न सक्छन् । बालबालिकाले के कस्ता वित्तीय कारोबार (फाइनान्सियल ट्रान्जिक्सन) गरेका छन् ? उनीहरुको डोमिनल एक्टिभिटी के छ ? भन्ने किसिमको सम्पूर्ण विवरण हुने भएकाले ‘ग्लोबल जुनियर एप’ लाई अभिभावकहरुले सकारात्मक रुपमा आत्मसाथ गरेको प्रमुख पौडेल बताउँछन् । उनी भन्छन्, ‘यदि बालबालिकाले पैसाको दुरुपयोग गर्न थाल्यो भने अभिभावकले एपबाट पैसा फिर्ता तान्न, डिसेबल गर्न पनि सक्छन् । यो एउटा परिवार भित्रको विशुद्ध कारोबार हो । राज्यले डिजिटल सोसाइटीको कल्पना गरिराखेको अवस्थामा ग्लोबल जुनियर एप सहयोगी सावित भएको छ । कहिलेकाहीँ नगद नहुँदा एटीएम दौडिनु पर्ने, पेन्सिल किन्नदेखि लिएर बालबालिकाले खाजा खाने पैसासम्म नगद नभइ नहुने अवस्थामा अहिले भने सहज भएको छ ।’

    बालबालिकासँग अब ‘क्यास लेस’ कारोबार

    यो एपको प्रयोगसँगै अब क्यास दिँदा हराउने, अनावश्यक खर्च गर्ने र दुरुपयोग हुने जस्ता सम्भावना टरेको छ । अभिभावक र छोराछोरी बीचको कारोबारलाई कसरी क्यासलेस गर्न सकिन्छ भन्ने अवधारणाले ल्याइएको यो एप वास्तवमै सोचेजस्तै प्रभावकारी भएको ट्रान्जेक्सन बैंकिङ्ग–सेल्स र बिजनेश विभाग प्रमुख पौडेलकोे दावी छ । अब बालबालिकाले कुन पसलमा के कुरामा कसरी भुक्तानी गरिराखेको छ भन्ने सबै जानकारी एपमार्फत अभिभावकले लिन सक्ने भएका छन् ।

    यद्यपी, १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई बैंकले मोबाइल फोन चलाउन प्रेरित भने नगरेको पौडेल बताउँछन् । उनी भन्छन्, ‘समय परिवर्तन भइसकेको अवस्था छ । विगतको कोभिड महामारीपछि प्राय विद्यालयको पढाई, गृहकार्य एपमार्फत हुन थाल्यो । त्यो अवस्थामा बालबालिकाले अनलाइनबाट कक्षा लिएर नै परीक्षा समेत दिए । त्यो समयले प्रविधिको स्कोपलाई झन् फराकिलो बनाएको छ । आज साना साना बच्चाहरुको गृहकार्य पनि एपमा आउने गर्छ । आज बालबालिकालाई डेडिकेटेड मोबाइल फोन उपलब्ध नगराएको खण्डमा उसको होमवर्क, उसको इकोसिस्टम नै बिग्रने अवस्थामा ग्लोबल आइएमईले त्यो इकोसिस्टमलाई सहयोग गरेको छ ।’

    यो एपको अर्को सकारात्मक पक्ष भनेको यसका लागि मोबाईल सेट र इन्टरनेट भए हुन्छ, सिमकार्डको आवश्यकता पर्दैन । ‘सेमी अर्बन एरिया’ को जुन एजुकेशन सिस्टम छ, त्यसलाई ग्लोबल जुनियर एपले सहयोगीको रुपमा काम गरेको बैंकको दाबी छ । ‘यो बैंकको नयाँ आयाम हो । यसबाट हामीले बालबालिकाई लर्न, अर्न र सेभिङ्ग गर्ने संस्कारको विकास गराउन खोजेका हौँ । र, भोलिका लागि देशले पाउने नयाँ पुस्ता आजैदेखि आर्थिक, डिजिटल रुपमा सचेत होस् र बचतको संस्कार आजैदेखि सिकाउन सकौँ भन्ने सोचले यो एप ल्याइएको हो’ प्रमुख पौडेलले सुनौलो नेपालसँग भने । एक पटक एप प्रयोग गरेर आफ्ना बच्चाहरुलाई डिजिटल कारोबार गर्न सिकाउन पनि बैंकले आग्रह गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend