शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

विद्युत नियमन आयोगले अपी पावर कम्पनीको लाभांश रोक्यो, यस्तो छ कारण

विद्युत नियमन आयोगले अपी पावर कम्पनीको लाभांश रोक्यो, यस्तो छ कारण

काठमाडौं । विद्युत नियमन आयोगले अपि पावर कम्पनी लिमिटेडको लाभांश वितरणमा रोक लगाएको छ । कम्पनीले सेयरधनीलाई दिन प्रस्ताव गरेको ९.४३ प्रतिशत लाभांश अस्वीकृत गरेको छ ।

कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४३ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो । नियमन आयोगको भदौ २६ गतेको बैठकले अपिको लाभांश अस्वीकृत गरेको जनाएको छ ।

कम्पनीले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणबाट ‘अनरियलाइज्ड् गेन’ लाई खुद नाफा देखाएपछि लाभांश वितरण रोक लगाइएको आयोगले जनाएको छ । कम्पनी ऐनले बर्जित गरेकाले लाभांश वितरण गर्न नपाइने आयोगले स्पष्टपारेको छ ।

No description available.

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend