logo

२०८१ असोज १० बिहिबार

logo
  • बिहिबार, १० असोज २०८१
  • Advertisment

    Sunaulo Nepal

    विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी तयारी अवस्थामा, देशभरका युनिट उच्च सतर्कतामा

    विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी तयारी अवस्थामा, देशभरका युनिट उच्च सतर्कतामा

    2.5K
    Shares
    विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी तयारी अवस्थामा, देशभरका युनिट उच्च सतर्कतामा

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन धेरै वर्षा हुने जानकारी गराएसँगै सशस्त्र प्रहरी बल नेपालले सम्भावित विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको जनाएको छ ।

    मौसम विज्ञान विभागले आगामी तीन दिन (शुक्रबार, शनिबार र आइतबार) धेरै वर्षा हुने भन्दै सूचना जारी गरेको छ । ५६ वटा जिल्लामा वर्षावको रेड अर्लड जारी गर्दै सचेत रहन आग्रह समेत गरेको छ । यस्तो अवस्थामा बाढी, पहिरो र डुबानका कारण हुनसक्ने विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी बल नेपाल तयारी अवस्थामा रहेको छ ।

    न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन महाशाखाका सशस्त्र प्रहरी नायव उपरीक्षक अमित सिंहले आफूहरू विपद्का कारण आइपर्ने घटनाहरूको व्यवस्थापनका लागि स्रोत, साधनसहित तयारी अवस्थामा रहेको बताए । उनले सशस्त्र प्रहरीको देशभर रहेका कार्यालयहरूलाई आगामी तीन दिन उच्च सतर्कता अपनाउन सूचना जारी गरिसकेको बताए । उनले सशस्त्र प्रहरीका सबै युनिटहरू स्रोत, साधनसहित उच्च सतर्कताका साथ बसिरहेको जानकारी दिए । उनले १३ वटा हेवी इक्युपमेण्टलाई तयारी अवस्थामा राखिएको बताए ।

    त्यसैगरी बाढी, पहिरो र डुबानबाट विस्थापित हुनेहरूका लागि अस्थायी क्याम्प खडा गर्न २८ वटा कन्टेनरहरुलाई पनि तयारी अवस्थामा राखिएको सिंहको भनाई छ । उनले सबै जिल्लाहरूमा आवश्यक उपकरणहरूसहित बन्दोबस्त गरिएको बताए ।

    उनले भने, ‘मान्छेहरू बाढी, पहिरो, डुबानका घटनाले विस्थापित भए भने अस्थायी रूपमा क्याम्प खडा गरेर तिनीहरूलाई राख्न सकिने सिस्टम अन्तर्गत २८ वटा कन्टेनरलाई तयारी हालतमा राखेका छौँ । अन्य आवश्यक उपकरणहरूलाई पनि हामीले विभिन्न जिल्लाहरूमा तयारी अवस्थामा राखिराखेका छौँ ।’

    सिंहले सशस्त्र प्रहरी बल नेपाल मनसुन सुरु हुनु अघिदेखि नै विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहेको बताए । उनले विपद्का लागि माथिल्लो तहदेखि तल्लो तहसम्मको सशस्त्र प्रहरी बलका युनिटमा जनशक्ति साधन, स्रोतसहित रहने स्पष्ट पारे । उनले मनसुनलाई केन्द्रित गरेर ११० जना तालिम प्राप्त गोताखोरलाई सबै प्रदेशमा गरी १० स्थानमा केन्द्रित गरेर राखिएको जानकारी दिए । त्यसैगरी डुबान र बाढीलाई मध्यनजर गरी ३९ वटा जिल्लाका ५९ सशस्त्र प्रहरी बलको कार्यालयहरूमा १२३ वटा मोटरबोट र रेस्क्यु र्याफ्टलाई तयारी अवस्था राखिएको बताए ।

    उनले भने, ‘मनसुनलाई मध्यनजर गरेर देशभरको इकाइमा ११० जना गोताखोर तालिमप्राप्त जनशक्तिलाई दश स्थानमा केन्द्रित गरेर राखेका छौँ । सबै प्रदेशमा छ । डुबान र बाढीलाई मध्यनजर गरेर ३९ वटा जिल्लाका ५९ वटा सशस्त्र प्रहरी बल नेपालका कार्यालयहरूमा १२३ वटा मोटरबोट र रेस्क्यु र्याफ्टलाई स्ट्याण्डबाई राखिराखेका छौँ । यो मनसुन अवधि भरका लागि स्ट्याण्डबाई रहने व्यवस्था हो ।’

    विपद् व्यवस्थापनका लागि सबै निकायहरूको उत्तिकै भूमिका हुने भन्दै सिंहले त्यसको लागि सशस्त्र प्रहरीले आवश्यक सबै निकायहरूसँग समन्वय गर्ने बताए । सबै क्षेत्रमा आवश्यक समन्वयका लागि सञ्चार तालिम प्राप्त ९१ जना जनशक्ति परिचालन भइरहेको उनको भनाई छ ।

    सशस्त्र प्रहरी बल नेपालले आगामी तीन दिन अत्यावश्यक कामभन्दा बाहेक सडक यातायातको प्रयोग नगर्न आग्रह गरेको छ । त्यस्तै, सम्भावित विपद्को जोखिम रहेको स्थान भए नजिकैको सशस्त्र प्रहरी बललाई जानकारी गराउनका लागि आग्रह समेत गरिएको छ । जानकारी पाउनासाथ सशस्त्र प्रहरी सो स्थानमा उद्धारका लागि पुग्ने सशस्त्र प्रहरी नायव उपरीक्षक अमित सिंहले बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend