सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

रुग्ण भएको फ्ल्योर हिमालयन तङ्ग्रिँदै, पुँजी बढाएर सेयर बजारमा फर्किने तयारी

रुग्ण भएको फ्ल्योर हिमालयन तङ्ग्रिँदै, पुँजी बढाएर सेयर बजारमा फर्किने तयारी

काठमाडौं । रुग्ण भइ बन्द हुन पुगेको फ्ल्योर हिमालयन लिमिटेड पुनः सञ्चालनमा आई विस्तारै तङ्ग्रिँदै गएको छ । वित्तीय अवस्था सकरात्मक देखिए पनि कम्पनीको नेटवर्थ र सञ्चित नोक्सान रहेकाले जोखिम अझै देखिएको छ ।

२०२४ मा उद्योगले २० करोड ९० लाख रुपैयाँको हर्बल उत्पादन र औषधी व्यापार गरेको छ । २०२३ मा उद्योगले १७ करोड ६० लाख रुपैयाँको हर्बल तथा औषधी व्यापार गरेको थियो ।

२०२२ मा २० करोड २० लाख र २०२१ मा १९ करोड ३० लाख रुपैयाँ व्यापार गरेको फ्ल्योर हिमालयनले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । स्वस्थ्य आम्दानीले मार्जिन पनि बढाएको देखिन्छ । यद्यपि, ऋणात्मक नेटवर्थका कारण कम्पनीको वित्तीय अवस्था कमजोर देखिएको छ । कम्पनीको १० करोड ८० लाख रुपैयाँ नेटवर्थ ऋणात्मक छ ।

विगतमा भएको घाटाले गर्दा कम्पनी १८ करोड ४० लाख रुपैयाँ सञ्चित नोक्सान रहेको सार्वजनिक गरिएको वित्तीय विवरणमा देखाइएको छ । रुग्ण उद्योगको वर्गिकरणमा परेको फ्ल्योर हिमालयनमा नयाँ व्यवस्थापन टिमले जिम्मेबारी सम्हालेपछि अहिले रिकभरी अवस्थामा छ । कम्पनीले हालैका वर्षहरूमा सुधार रिपोर्ट गरेको भए पनि यसको क्षमता कायम राख्न आर्थिक स्वास्थ्यमा कुनै पनि अर्थपूर्ण परिवर्तनको लागि दिगो आधारमा सुधार महत्वपूर्ण हुनेछ ।

No description available.

कमजोर रिजर्भ र सञ्चालनको सानो स्तरले यसको कुनै पनि क्रेडिट र तरलता झटका अवशोषित गर्ने क्षमता कमजोर छ । घरेलु औषधी उद्योगबीच तीव्र प्रतिस्पर्धा छ । घरलु बजारमा ठूलो संख्यामा औषधी उत्पादकहरू छन् ।

आयुर्वेदिक औषधि खेलाडीको संख्या कम भए पनि साना उद्योगको आकारका कारण प्रतिस्पर्धा छ । जसले कम्पनीलाई आपूर्ति श्रृंखला अवरोध जोखिम रहेको देखाउँछ ।

प्रमुख कच्चा पदार्थहरू जस्तै जडिबुटीहरु प्रायः भारतबाट आयात गरिने कम्पनीले जनाएको छ । कम्पनीले हाल मानव र पशु चिकित्सा प्रयोगका लागि जडिबुटी औषधिहरूको उत्पादन गरिरहेको ।

सेयर बजारमा फर्कने तयारीमा

थोरै चुक्ता पूँजीका कारण व्यवसाय विस्तारमा अवरोध आएपछि कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको छ । सञ्चालन गर्न थप पुँजी आवश्यक भएपछि फ्ल्योर हिमालयनले हकप्रद सेयर निष्कासनको बाटो रोजेको हो । हकप्रद सेयर निष्कासन गरेर पुँजी बढाउन कम्पनीले असोज २१ गते २९ औं वार्षिक साधारणसभा बोलाएको छ ।

साधारणसभाले हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गर्ने कार्यसूची छ । कम्पनीमा संस्थापकको ७२ प्रतिशत सेयर छ । यस्तै सर्वसाधारणको २८ प्रतिशत सेयर रहेको छ । कम्पनीको प्रवन्ध सञ्चालकमा अजयबहादुर प्रधानाङ रहेका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई तिर्नुपर्ने बाँकी रकम भुक्तानी गरेर नियमित कारोबारमा आउने प्रकृयामा अगाडि बढाएको जनाएको छ ।

No description available.

सेयर बजारमा उत्पादनमुलक समुह अन्तर्गत सूचीकृत भई नेप्सेमा कारोबार एक दशकदेखि स्थगन छ । अन्तिम कारोबार हुँदा नेप्सेमा सेयर मूल्य प्रतिकित्ता ७५ रुपैयाँमा कारोबार भएको थियो । कम्पनीको २ लाख ६२ हजार १ सय २ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । अंकित मूल्य भन्दा तल कारोबार भएपछि अहिले कम्पनीका चुक्ता पुँजी भ्यालु १ करोड ९६ लाख रुपैयाँमा झरेको छ ।

सभाले हकप्रद सेयर नबिकेमा बिक्री गर्न सञ्चालक समितिलाई पूर्ण अख्यितारी दिने विशेष प्रस्ताव सभामा पेश हुने भएको छ । कम्पनी सन् १९९७ मा नेप्सेमा सूचिकृत भएको हो ।

सन् १९९६ मा स्थापना भएको फ्ल्योर हिमालयन हर्बल उत्पादन मा संलग्न एक सार्वजनिक लिमिटेड कम्पनी हो । उद्योगको उत्पादन प्लान्ट बाराको जितपुरमा छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend