logo

२०८१ असोज ११ शुक्रबार

logo
  • शुक्रबार, ११ असोज २०८१
  • Advertisment

    Sunaulo Nepal

    आय विवरण दाखिला गर्ने म्याद थप गर्न चेम्बरको माग

    आय विवरण दाखिला गर्ने म्याद थप गर्न चेम्बरको माग

    259
    Shares
    आय विवरण दाखिला गर्ने म्याद थप गर्न चेम्बरको माग

    काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले आय विवरण दाखिला गर्ने म्याद थप गर्नुपर्ने माग गरेको छ ।

    आन्तरिक राजस्व विभागले वार्षिक १ करोड रुपैयाँसम्म कारोबार गर्ने एकलौटी फर्म र शून्य कारोबार भएका निकायको आय विवरण असोजभित्र बुझाउनुपर्ने व्यवस्था गरेको छ । यस्तै वार्षिक २५ करोड रुपैयाँसम्म कारोबार भएका निकाय र अन्य करदाताहरूको मङ्सिर मसान्तसम्म म्याद थप हुने व्यवस्था गरिएको विभागले जनाएको छ । वार्षिक २५ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने करदाताको पुस २० गतेसम्म म्याद थप हुने व्यवस्था गरिएको छ ।

    यी व्यवस्थाप्रति चेम्बरले विमति जनाएको छ । मुलुकको अर्थतन्त्र शिथिल अवस्थामा रहेको एवं निजी क्षेत्रको मनोबल खस्किरहेको बेला विद्यमान कानुनी व्यवस्था विपरीत गरिएको निर्णयले व्यावसायिक क्षेत्रमा गम्भीर असर गर्ने चेम्बरले उल्लेख गरेको छ ।

    चेम्बरले आन्तरिक राजस्व विभागको निर्णय सच्याउनसमेत माग गरेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend