मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

आगामी चार दिन भारी वर्षा हुने, भोलि र पर्सि रात्रिबस चलाउन रोक

आगामी चार दिन भारी वर्षा हुने, भोलि र पर्सि रात्रिबस चलाउन रोक

काठमाडौं । शुक्रबार र शनिबार राति रात्रिबस चलाउन नपाइने भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस्तो निर्णय गरेको हो।

आगामी चार दिन भारी वर्षा हुने भएसँगै विपदका घटना बढ्न सक्ने भन्दै मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले रातको समयमा असोज ११ र १२ गते रात्रिकालीन बस चलाउन नपाइने निर्णय गरेको हो।

मौसम विभागका अनुसार बिहीबारदेखि आइतबारसम्म चार दिन भारी वर्षा एवं अति भारी मनसुनी वर्षा हुने छ।

त्यस्तै, प्राधिकरणले धान नकाट्ने, काटिसकेको भए तत्काल थन्काउने, तराई तथा मधेस क्षेत्रमा भुइँतालमा अन्नपात नराख्ने, पहिरो जोखिम भएका स्थानमा र नदी किनारा बस्तीमा उच्च सतर्कता अपनाउन र दाउरा निकाल्न तथा माछा मार्न नदी किनारामा नजान सूचना जारी गरेको छ।

461288887_1075096407950253_8595049956132038576_n-1727352561.jpg

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend