सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

पूर्वसांसद ढाका श्रेष्ठ धरौटीमा रिहा

पूर्वसांसद ढाका श्रेष्ठ धरौटीमा रिहा

पोखरा । ढाकाकुमार श्रेष्ठ धरौटीमा छुटेका छन् । लागुऔषध कारोबारको आरोपमा पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालत कास्कीले बुधबार ७५ हजार रूपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।

न्यायाधीश भोलानाथ ढकालको इजालसले श्रेष्ठलाई धरौटीमा छोड्न आदेश दिएको हो ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट पूर्वसांसद समेत हुन् । मन्त्री बनाउन नेतृत्वले पैसा मागेको अभिव्यक्ति दिएपछि श्रेष्ठलाई रास्वपाले सांसदबाट निकालेको थियो ।

उनलाई गत भदौ २७ गते प्रतिबन्धित औषधि (लागुऔषध) टापेटाडोल कारोबारमा संलग्न रहेको आरोपमा कास्की प्रहरीले पक्राउ गरेको थियो ।

लागुऔषधसहित पक्राउ परेका एक युवकको बयानका आधारमा पृथ्वीचोकस्थित दिया फार्मेसीका सञ्चालकसमेत रहेको ढाकाकुमारलाई प्रहरीले पक्राउ गरेको हो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend