logo

२०८१ असोज ११ शुक्रबार

logo
  • शुक्रबार, ११ असोज २०८१
  • Advertisment

    Sunaulo Nepal

    जनतालाई उत्पादनसँग जोड्न सके मात्र समृद्धिको लक्ष्य हासिल हुन्छ : मन्त्री काफ्ले

    जनतालाई उत्पादनसँग जोड्न सके मात्र समृद्धिको लक्ष्य हासिल हुन्छ : मन्त्री काफ्ले

    35
    Shares
    जनतालाई उत्पादनसँग जोड्न सके मात्र समृद्धिको लक्ष्य हासिल हुन्छ : मन्त्री काफ्ले

    काठमाडौँ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले जनतालाई उत्पादनसँग जोड्न सके मात्र समृद्धिको लक्ष्य हासिल हुने बताएका छन् ।

    बिहीवार दोलखा सदरमुकाम चरीकोटमा आर्थिक मामिला तथा योजना मन्त्रालय बागमती प्रदेशको आयोजनामा भएको राजस्व बाँडफाँट तथा अन्तरसरकारी वित्तीय हस्तान्तरणसम्बन्धी स्थानीय तहसँगको अन्तर्क्रिया कार्यक्रममा मन्त्री काफ्लेले यस्तो बताएका हुन् ।

    प्रदेश र स्थानीय सरकार दुबै मिलेर जनतालाई उत्पादनसँग जोड्न सक्यौ भने मात्र देशले समृद्धिको लक्ष्य हासिल गर्ने बताउदै उनले आर्थिक मामिला तथा योजना मन्त्रालयले पहिलोपटक बाग्मती प्रदेशका १३ जिल्लामै यस्तो कार्यक्रम सुरु गरेको जानकारी दिए ।

    स्थानीय सरकारले योजना छ्नोट गर्दा प्राथमिकताका साथ छनोट गर्नुपर्ने उनको भनाई छ।
    उनले भने, ूस्थानीय तहले उत्पादन क्षमता बढाउने र उत्पादनसँग जोडिने गरी काम गर्नुपर्छ, उत्पादनको क्षेत्रमा काम नभएसम्म रोजगारी सिर्जना हुदैन । त्यसैले जिल्लामा नभएका प्रदेश सरकारका विभिन्न कार्यलयहरु जिल्लामा नै स्थापना गर्ने तयारी गरिरहेकाछौं ।ू


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend