logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • आफूले लेखेको गीतमा वामदेव गौतमको मोडलिङ

    आफूले लेखेको गीतमा वामदेव गौतमको मोडलिङ

    2.6K
    Shares

    पूर्व उपप्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतम म्युजिक भिडियोमा देखिनुभएको छ । उहाँ आफैंले लेख्नुभएको ‘यो मुक्त भूमि हो बुद्ध भूमि’ बोलको गीतमा उहाँ आफैले अभिनय गर्नुभएको हो ।

    राष्ट्रप्रेम दर्शाइएको यस गीतमा संगीतकार शम्भुजित बाँस्कोटाले संगीत भर्नुभएको छ भने मनोहर सुनामको एरेञ्ज रहेको छ । गीतमा रोशनराज गुरुङ, माण्डवी त्रिपाठी र अञ्जना गुरुङले स्वर दिएका छन् ।

    गीतको भिडियो आज यूट्यूबबाट रिलिज गरिएको छ । यस्तै गौतमले रचना गर्नुभएका ४३ वटा गीतहरुको संकलन गरेर गीति संग्रह पनि प्रकाशनमा ल्याइएको छ । उहाँका गीतहरुमा सामाजिक, सांस्कृतिक तथा राष्ट्रप्रेमको भाव झल्किन्छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend