सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

सुनको मूल्य तोलामा १ लाख ६१ हजार नाघ्यो

सुनको मूल्य तोलामा १ लाख ६१ हजार नाघ्यो

काठमाडौैँ । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्यमा बृद्धि भएको छ । लगातार वृद्धि भइरहेको सुनको मूल्य आज रेकर्ड ब्रेक भएको छ ।

आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्दा प्रतितोला एक लाख ६१ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो ।

यस अघि बिहिबार सुनको मूल्य एक लाख ६० हजार ७ सय रुपैयाँ पुगेको थियो ।

अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर कटौति गरेको छ । जसका कारण त्यसको असर सुनमा पर्दा मूल्य दैनिक जसो नयाँ रेकर्ड कायम भैरहेको छ ।

अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर घटाएपछि यसको प्रभाव सुनमा पर्दा मूल्य बढेको महासंघले बताएको छ ।

फेडरल रिजर्भले ब्याजदर ०.५० प्रतिशत विन्दु घटाएको हो । फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ ।

फेडरल रिजर्भले ब्याजदर घटाएपछि लगानीकर्ताहरुले सुनमा लगानी बढाउँदा सुनको मूल्य बढेको छ ।

यसअघि फेडर रिजर्भले सन्दर्भ ब्याजदर ५.२५ देखि ५.५० प्रतिशतसम्म कायम गरेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य १९५५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend