शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

पहिरोले राप्ती लोकमार्ग अवरुद्ध

पहिरोले राप्ती लोकमार्ग अवरुद्ध

तुलसीपुर (दाङ) । निरन्तरको वर्षातले राप्ती लोकमार्गअन्तर्गत विभिन्न स्थानमा पहिरो खसेपछि उक्त लोकमार्ग अवरुद्ध भएको छ ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले पहिरोका कारण तुलसीपुरको राम्रीबाट सल्यानको कपुरकोट खण्डमा सडक अवरुद्ध भएको जानकारी दिइन् । सो स्थानमा सडक मर्मत भइरहेकाले काम प्रभावित बनेको उनले बताइन् ।

केही स्थानमा पहिरो खसेको र केही स्थानमा सडक भासिएको सहायक प्रजिअ पुनले बताइन् । उनका अनुसार आजदेखि १३ असोजसम्म सडक मर्मत हुने भएकाले तत्काललाई ठूला सवारीसाधन, टिपर र ट्रक सञ्चालनमा रोक लगाइएको छ ।

साना सवारीसाधन पहिरो पन्छाएर सञ्चालनमा ल्याइने उनले बताइन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend