logo

२०८१ असोज ११ शुक्रबार

logo
  • शुक्रबार, ११ असोज २०८१
  • Advertisment

    Sunaulo Nepal

    सिटिजन्स बैंकको सूचना अधिकारीमा नारायणराज अधिकारी नियुक्त

    सिटिजन्स बैंकको सूचना अधिकारीमा नारायणराज अधिकारी नियुक्त

    245
    Shares
    सिटिजन्स बैंकको सूचना अधिकारीमा नारायणराज अधिकारी नियुक्त

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सूचना अधिकारीमा नारायण राज अधिकारी नियुक्त भएका छन् । बिसं २०६४ सालमा बैंकको आरम्भ देखिनै सिटिजन्स बैंकमा आबद्ध रहेका उनले बैंकको सूचना अधिकारीको अतिरिक्त प्रवक्ता एवं प्रमुख प्रशासकिय अधिकृतको समेत भूमिका निभाउँदै आएका छन् ।

    हालै सूचना अधिकारीमा नियुक्त भएका उनीसँग २० बर्षको बैंकिङ अनुभव रहेको छ । त्रिभुवन विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका अधिकारी शाखा संचालन तथा जोखिम व्यवस्थापनमा अब्बल छन् । उनले बैंकको सामान्य सेवा विभाग, मानव संसाधन विभाग, र कर्पाेरेट कम्युनिकेशन विभाग समेतको जिम्मेवारी वहन गर्दै आएका छन् ।

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटिएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट करिव १८ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend