logo

२०८१ असोज ११ शुक्रबार

logo
  • शुक्रबार, ११ असोज २०८१
  • Advertisment

    Sunaulo Nepal

    नारायणगढ मुग्लिन सडकखण्डमा आज रातीदेखि सवारी साधन चलाउन रोक

    नारायणगढ मुग्लिन सडकखण्डमा आज रातीदेखि सवारी साधन चलाउन रोक

    1.5K
    Shares
    नारायणगढ मुग्लिन सडकखण्डमा आज रातीदेखि सवारी साधन चलाउन रोक

    काठमाडौं । नारायणगढ मुग्लिन सडकखण्डमा आज रातीदेखि सवारी साधन चलाउन रोक लगाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाका कारण विपदका घटना बढ्न सक्ने भन्दै यस्तो निर्णय गरेको हो ।

    यस निर्णय अनुसार नारायणगढ मुग्लिन सडकखण्डमा आज राती ७ बजेदेखि भोली विहान ५ बजेसम्म कुनै पनि सवारी साधन चलाउन पाइने छैन । अविरल बर्षाका कारणले पहिरो जानसक्ने र त्यसले मानवीय तथा भौतिक क्षति गर्न सक्ने भएकोले सडक बन्द गर्न लागिएको हो ।

    जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार अत्यावश्यक सवारी भने सञ्चालन हुनेछन् ।

    मौसम विभागका अनुसार बिहीबारदेखि आइतबारसम्म चार दिन भारी वर्षा एवं अति भारी मनसुनी वर्षा हुने छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend